खेल ताजा खबर

नेपाली क्रिकेटका पूर्व प्रशिक्षक दासानायके अमेरिकी प्रशिक्षक

नेपाली क्रिकेटका पूर्व प्रशिक्षक दासानायके अमेरिकी प्रशिक्षक

pubudu भदौ २४ । नेपाली क्रिकेटका पूर्व प्रशिक्षक पुबुदु दासानायके अमेरिकी क्रिकेट टिममा प्रशिक्षक भएका छन् । श्रीलंकाका पूर्व विकेट किपर ब्याट्सम्यान दासानायके सन् २०११ देखि २०१५ सम्म नेपाल क्रिकेटका प्रशिक्षक थिए । आइसिसी अमेरिकाले बिहीबार दासानायके अमेरिकन क्रिकेट टिमका प्रशिक्षकमा नियुक्त भएको जानकारी दिएको हो ।

दासानायके नेपालकै प्रशिक्षक रहँदा नेपाल विश्व क्रिकेट लिग डिभिजन ४ बाट वल्ड क्रिकेट लिग च्याम्पियनसिप साथै सन् २०१४ को टि ट्वेन्टी विश्व कप सम्म पुगेको हो । दासानायके नै प्रशिक्षक रहँदा क्यानडा सन् २०११ को विश्व कपमा पुगेको थियो ।

Pubudu

विशेष