मनोरञ्जन

शिल्पा र छविको विवाहको कुरा फिल्म प्रचारको फन्डामात्रै !

शिल्पा र छविको विवाहको कुरा फिल्म प्रचारको फन्डामात्रै !

shilpa-pokhrel

भदौ २४ । व्यक्तिगत रुपमा होइन, सार्वजनिक रुपमै विवाहको प्रस्ताव राखे छवि ओझाले शिल्पा पोखरेलसमक्ष । यस्ता घटना विरलै हुन्छन्, तर फिल्मलाइन हो यहाँ जे पनि हुन सक्छ । छविको प्रस्तावलाई धेरैले प्रदर्शोन्मुख चलचित्र किस्मत–२ को प्रचार पनि माने । शिल्पाले पनि सार्वजनिक रुपममै जवाफ फर्काइन –छविजीको प्रस्तावमा पुनर्विचार गर्न सकिन्छ ।

भनिन्छ–अहिले शिल्पाले विचार गरिसकेकी छिन् अर्थात उनको विवाह छवि ओझासँगै हुनेछ । उमेरको केही फरक भए पनि यी दुवैको यो पहिलो विवाह हुनेछैन । आखिर एकलाएक्लै जीवन जिउनुभन्दा मिंगल हुनुमै फाइदा छ–एकअर्काको साथ पनि, सन्तानले अभिभावक पनि पाउने पनि । जानकार सूत्र भन्छन–शिल्पा अहिले आफ्ना पिताजीको ग्रिन सिग्नलको पर्खाइमा छिन् । आमाको ग्रिन सिग्नल त उनले प्राप्त गरिसकेकी छन । भनेपछि भोज खान पाइने भो । यो पनि फिल्म प्रचारकै तुरुप हो ?

–साप्ताहिकबाट

विशेष