मनोरञ्जन

सत्रुघन सिन्हा भन्छन्ः नेपाली युवतीले माक्स लगाएर हिड्दा मन खिन्न हुन्छ

सत्रुघन सिन्हा भन्छन्ः नेपाली युवतीले माक्स लगाएर हिड्दा मन खिन्न हुन्छ

shatrughan singha म पटनामा जन्मिएँ, त्यँही हुर्किए । पटना नेपालबाट नजिकै भएकाले होला मैले नेपालको सम्बन्धमा धेरै कुरा सुनेको थिएँ । मैले पहिले नै यहाँका मानिस मिलनसार, बहादुर र मेहनती छन् भन्ने कुरा थाहा पाएको थिए र हाम्रो घरका धेरै सहयोगी नेपाली नै छन् ।

म सुटिङमा नेपाल आउन थालेको पनि वर्षौ भएछ । नेपालसँग मेरो मुटुको नाता छ । यो मैले मुखले तपाइहरुलाई खुसी बनाउन भनेको हैन् । म धेरै तरिकाले नेपालसँग जोडिएको छु । अनि अर्कोकुरा गोर्खा रेजिमेन्टस्का कारण नेपालीहरुको पहिचान विश्वभर वीर योद्धाका रुपमा जोडिएको छ । मैले नेपालीहरुको संगतबाट पाएको कुरा के हो भने नेपाली बचनका पक्का हुन्छन् । उनीहरुले वचन दिएपछि त्यसलाई निर्वाह गरेको पाएको छु ।

यहाँका युवतिहरु अत्यन्त सन्दर छन् उनीहरुले माक्स लगाएर मुख छोपेको देख्दा मेरो मायालु मन उदास भएको छ । अलिकति पोलुसन त बढेको हो । पशुपतिनाथ मेरो प्रिय देवता हुन । अघिल्लो वर्षको नयाँ वर्ष मैले काठमाडौंम मनाएको थिएँ । त्यसबेला मेरो छोरी सोनाक्षी सिन्हा सहित काठमाडौं आएको थिए । मेरो परिवार नेपालमै बस्न मनपराउँछ ।

कुन देश कति सम्पन्न छ भन्ने कुरा त्यो देशको भाषा, संस्कृति र पर्वहरुलाई कसरी संरक्षण गरिएको छ भन्ने कुुरामा भर पर्छ । भगवान रामकी पत्नी सीताको जन्म यहि भूमीमा नै भएको हो । अरु त म के भनूँ नेपालमा नेपालको कला संस्कृतिको अझ विकास होस् । साप्ताहिकबाट

Satrughan Sinha

विशेष