इतिहासमा आज

विश्वेश्वरप्रसाद कोइरालाको १ सय २ औं जन्मजयन्ती

विश्वेश्वरप्रसाद कोइरालाको १ सय २ औं जन्मजयन्ती

BP नेपाली प्रजातान्त्रिक आन्दोलन र नेपाली साहित्यमा विशिष्ट योगदान पु¥यानु भएका नेपालका प्रथम नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको १०२ औं जन्मजयन्ती आज विविध कार्यक्रम गरी मनाइँदै छ ।

१९७१ साल भदौ २४ गते जन्मिनुभएका कोइराला क्रान्तिद्रष्टा, सिद्धान्तनिष्ठ र अटल राष्ट्रवादका धनी हुनुका साथै साहित्यमा अराजक र राजनीतिमा व्यवहारवादी हुनुहुन्थ्यो । उहाँले २००३ सालमा नेपाली राष्ट्रिय कांग्रेस स्थापना गर्नुभएको थियो । राणा शासनको अन्त्य गरी मुलुकमा प्रजातन्त्र स्थापना गर्ने २००७ सालको क्रान्तिको नेतृत्व गर्नुभएका कोइराला २०१५ सालमा भएको पहिलो आम चुनावपछि जननिर्वाचित पहिलो प्रधानमन्त्री बन्नुभएको थियो ।

कोइरालालाई अपदस्थ गरी २०१७ सालमा राजा महेन्द्रले निरंकुश पञ्चायती व्यवस्था लागू गरेपछि थुप्रै वर्ष उहाँले जेल जीवन बिताउनुभयो । पञ्चायती व्यवस्थाविरुद्ध निरन्तर संघर्ष गर्नुभएका कोइरालाले देशको राष्ट्रियता कमजोर बन्दै गएका बेला २०३३ सालमा राष्ट्रिय मेलमिलापको नीति अख्तियार गरी भारत प्रवासबाट स्वदेश फर्कनुभएको थियो ।

स्वर्गीय कोइराला नेपाली राजनीतिमा मात्र नभई साहित्यका फाँटमा पनि त्यतिकै चर्चित हुनुहुन्छ । कोइरालाका आत्मकथा, जेल जीवन, दोषी चस्मा, यहूदी र हिटलर, सुम्निमा, मोदी आइन, तीन घुम्ती, नरेन्द्र दाईलगायतका थुप्रै बहुचर्चित कृति प्रकाशित छन् । घाँटीको क्यान्सरका कारण २०३९ साल साउन ६ गते कोइरालाको निधन भएको थियो ।

BP koirala

विशेष