खेल

सेरेना सोझो सेटमा पराजित

सेरेना सोझो सेटमा पराजित
Serena भदौ -२४ । विश्वमा महिला खेलाडीको रुपमा चर्चामा रहेकी सेरेना विलियम्सले अन्तिम समयमा हार बेहोरेकी छिन् । वर्षको चौथो तथा अन्तिम ग्राण्डस्लाम जित्ने तरखरमा रहेकी अमेरिकी सेरेना सेमिफाइनलमै पराजित भइन्। यस्तै युएस ओपन पछि सेरेनाले महिलातर्फको शीर्ष वरीयता समेत गुमाउने भएकी हुन् । युएस ओपनको सेमिफाइनलमा सेरेना दशौं वरियता प्राप्त चेक खेलाडी कारोलिना ल्सिकोभोसँग २–० को सोझो सेटमा पराजित भएकी छिन् । ३४ वर्षे सेरेनाले म्याच प्वाइन्टमा डबल फल्ट गर्दा खेल ६–२ र ७–६ ले पराजित भएकी हुन् । हार व्यहोरेपछि सेरेनाले प्रतिक्रिया दिँदै भनिन् 'आज कारोलिनाले एकदमै राम्रो खेलिन।' उनले प्रतियोगिता सुरु हुनु अघि आफ्नो देब्रे घुँडामा समस्या रहेको समेत बताइन् । 'यदि उनले यो भन्दा अलि नराम्रो खेलेको भए मैले अवसर पाउँथे। मेरो विचारमा म शतप्रतिशत फिट थिइन । उनले पनि राम्रो खेलिन्। त्यसैले कारोलिना नै जितको हकदार समेत रहिन्,’ सेरेनाले भनिन् । पहिलो पटक ग्राण्डस्लाम टेनिसको फाइनलमा पुगेकी कारोलिनाले उपाधि भिडन्तमा विश्व नम्वर दुई जर्मन खेलाडी एन्जेलिक करबरसँग खेल्नेछिन् । सेरेना सेमिफाइनलमा पराजित भएसँगै युएस ओपनपछि आउने नयाँ वरियतामा करबर नयाँ विश्व नम्बर एक खेलाडी बन्ने पक्का भएको छ। अष्ट्रेलियन ओपन च्याम्पियन करबर डेनिस खेलाडी क्यारोलिना वाज्नीयाकीलाई ६३ र ६(४ को सोझो सेटमा पराजित गर्दै सन् २०१६ को तेस्रो ग्राण्डस्लामको फाइनलमा पुगेकी हुन्।

Serena Williams

विशेष