मनोरञ्जन

थाहा पाउनुहोस् आँखा फर्फराउनुको कारण

थाहा पाउनुहोस् आँखा फर्फराउनुको कारण
eye कुनै समय मानिसको आँखा अचानक फर्फराउन थाल्छ । अनि हाम्रो देशमा आँखा फर्फराउनुलाई शुभ अशुभ फलसँग जोडेर हेर्ने गरिन्छ । दाहिने आँखा फर्फराउँदा शुभ हुने अनि देब्रे फर्फराउँदा अशुभ हुने विश्वास गरिन्छ । तर यो अन्धविश्वास मात्र हो । आँखा वरिपरिका मांशपेशीहरू संकुचित हुँदा आँखा फर्फराउँछ । यस्ता छन् आँखा फर्फराउनुका कारण यस्ता छन् : १. थकान र तनावका कारण आँखा फर्फराउँछ । तनाव कम गर्न सक्नुभयो भने आँखा फर्फराउन बन्द हुन्छ । २.राम्ररी निद्रा पुगेको छैन भने पनि आँखा फर्फराउँछ । ३. धेरै मादक पदार्थ सेवन गर्दा पनि आँखा फर्फराउँछ । ४. धमिलो बत्तीमा काम गर्दा अनि कम्प्युटरमा लामो समय काम गर्दा पनि आँखा फर्फराउँछ । समाधानका उपाय १. टन्न पानी पिउने । २.पूरा आराम हुनेगरी धेरैभन्दा धेरै सुत्ने । ३. आँखाको मसाज गर्ने । ४.आँखीभौंलाई ३० सेकेन्डसम्म झिम्क्याउने । ५.एक हप्ताभन्दा बढी समयसम्म पनि आँखा फर्फराइरह्यो भने चाहिँ चिकित्सकलाई भेट्न जाने ।

akha farfaraunu

विशेष