खेल

गृहयुद्धमा खुट्टा गुमाएका हुसेनको पाराओलम्पिकमा स्वर्ण पदक जित्ने चाहना

गृहयुद्धमा खुट्टा गुमाएका हुसेनको पाराओलम्पिकमा स्वर्ण पदक जित्ने चाहना
ibrahim-al-hussein भदौ – २४ । ब्राजिलमा बिहिबारदेखि पाराओलम्पिक सुरु भएको छ । यस मञ्चमा सिरियामा चलिरहेको गृहयुद्धमा आफ्नो एउटा खुट्टा गुमाएका इब्राहिम अल हुसेन २ सदस्यीय शरणार्थी दलका हिस्सा हुन् । उनले करिब २ साता चल्ने पाराओलम्पिकको मञ्चबाट विश्वलाई आफ्नो समस्याप्रति अवगत गराउने प्रयास गर्नेछन् । उनले पौडिमा स्वर्ण पदक जित्न चाहेको बताएका छन् । जसले आफ्नो देशमा चलिरहेको गृहयुद्धका कारण अपांग बन्नु प¥यो हुसेन लागि यो राम्रो मौका पनि हो । त्यही पनि उनी विश्वका उत्कृष्ट अपांग खेलाडीसँग एउटै मञ्चमा देखा पर्दैछन् । सिरियामा गृहयुद्ध सुरु हुनुअघि उनी पौडीबाज थिए । सन् २०१३ मा गृहयुद्धकै क्रममा एउटा खुट्टा गुमाउन पुगेपछि भागेर टर्की पुगेका थिए । जहाँबाट उनी युरोप प्रवेश गरे । २७ वर्षका हुसेन पौडीको ५० र सय मिटर फ्रिस्टाइलमा भाग लिदैँछन् । इरानका शाहराद नसाजपोर पनि पाराओलम्पिकमा शरणार्थी टिमको दोस्रो सदस्य हुन् । नसाजपोर ‘सेरेबल पाल्सी’ रोगबाट पीडित छन् । उनी डिस्कस स्पर्धामा भाग लिदैछन् ।

ibrahim al hussein para olampik

विशेष