मनोरञ्जन

बलिउडका चर्चित कलाकारकाे अन्धविश्वास

बलिउडका चर्चित कलाकारकाे अन्धविश्वास
salman-khan-vs-dipila भदौ – २४ । हामी हरेकले केही न केही कुराले आफूलाई भाग्य दिने अन्धविश्वास राख्छौँ । त्यसता कुरालाई हामी कुनै कार्यमा नछुटाइ आफूसँगै राख्ने गर्छौँ । तर यसरी राख्नेमा बलिउडका केही चर्चित नायक नायीकाहरु पनि छन् । बलिउडका चर्चित नायक सलमान खान उनका बुवा सलिम खानले दिएको नीलो रङको ब्रासलेट कहिल्यै छोड्दैनन् । किनकि उनी यो ब्रासलेटलाई आफ्नो लक्की चार्म मान्छन् । त्यस्तै अमिताभ बच्चन कहिल्यै पनि भारतीय क्रिकेट म्याच लाइभ हेर्दैनन् । उनले अहिलेसम्म रेकर्डेट म्याच हेर्दै आएका छन् । आफू लाइभ हेर्न बस्नासाथ विकेट झर्न थाल्छ भन्ने उनको विश्वास छ । उनको हातमा सधैँ कालो पत्थर भएको औँठी हुन्छ । त्यस्तै आमिर खानले डिसेम्बर महिनालाई भाग्यशाली महिना मान्दै आएका छन् । उनले प्रायः फिल्महरू डिसेम्बरमा रिलिज गराउँदै आएका छन् । उनले छोरा जन्माउँदासमेत श्रीमतीसँग सल्लाह गरेर डिसेम्बरमै जन्माएका थिए । बलिउडकी नायिका दीपिका पादुकोण आफ्नो हरेक फिल्म रिलिज हुनुभन्दा पहिला सिद्धिविनायक मन्दिर जान्छिन् । सिद्धिविनायक मन्दिरको दर्शन गरेपछि फिल्मले मार्केट लिने उनको विश्वास छ । कटरिना कैफ पनि उनको हरेक फिल्म रिलिज हुनुभन्दा पहिला अजमेर दरगाह जाने गरेकी छन् । -एजेन्सीको सहयोगमा

bolleywood dipika padukon salman khal

विशेष