खेल

टी–२० वाइवाइ एभरेष्ट प्रिमियर लिग असोजबाट हुने

टी–२० वाइवाइ एभरेष्ट प्रिमियर लिग असोजबाट हुने
cricket भदौ – २४ । जोहरा स्र्पोटस् म्यानेजमेन्टले असोज ८ देखि १७ गतेसम्म वाइवाइ एभरेष्ट प्रिमियर लिग टी–२० क्रिकेट खेलाउने भएको छ । जोहराले यसअघि एनपीएल लगाएको जोहरालाई क्रिकेट संघले सो नाम नदिएपछि एभरेष्ट प्रिमियर लिगको नाममा हुन लागेको हो । लिगको प्रतियोगितामा ६ टिम रहनेछन् । शरद भेषावकरको कप्तानमा तेज, ज्ञानेन्द्र मल्लको कप्तानीमा कलर्स एक्स फ्याक्टर, पारस खड्काको कप्तानीमा विसाल ग्रुप, बसन्त रेग्मीको कप्तानमा कान्पिुर गोर्खाज, शक्ति गौचनको कप्तानीमा जगदम्बा राइनोज र विनोद भण्डारीको कप्तानीमा सगरमाथा लेजेन्ड टिम रहनेछ । हरेक टिमका कप्तानले प्रत्येक खेलको २० हजार पाउनेछन् भने १५ भन्दा बढी अन्तराष्ट्रिय खेल खेलेका खेलाडीले १५ हजार, यू–१९ ले १२ हजार र क्षेत्रीय खेलाडीले प्रतिखेलको ८ हजार पाउनेछन् ।

Everest Premier League

विशेष