खेल

नोभाक जोकोभिक र स्वाटन वावरिन्का युएस ओपनको उपाधिका लागि भिड्ने

नोभाक जोकोभिक र स्वाटन वावरिन्का युएस ओपनको उपाधिका लागि भिड्ने
nadal भदौ - २५ । नोभाक जोकोभिक र स्वाटन वावरिन्का वर्षको चौथो तथा अन्तिम ग्राण्ड्स्लाम टेनिस प्रतियोगिता युएस ओपनको उपाधिका लागि भिड्ने भएका छन् । विश्व नम्वर वन सर्वियन जोकोभिक दसौं वरीयताका फ्रान्सेली खेलाडी गेल मोनफिल्सलाई ६-३, ६-२, ३-६, ६-२ को साेझाे सेटमा पराजित गर्दै फाइनल पुगेका हुन् । युएस ओपनको सेमिफाइनलमा पराजित भएसँगै मोनफिल्सले जोकोभिकसँग खेलेका सबै १३ खेल हारे व्याेहाेरेका छन् । यस्तै तेस्रो वरीयताका स्वीस खेलाडी स्टान वावारिन्का छैटौं वरीयताका जापानी खेलाडी केइ निशिकोरीलाई हराउँदै पहिलो पटक युएस ओपनको फाइनल पुगेका हुन्। पहिलो सेट ४-६ ले गुमाएका वावरिन्काले त्यसपछि लगातार तीन सेट ७-५, ६-४, ६-२ ले आफ्नो पक्षमा पार्दै जित हात पारेका हुन् । वावारिन्का २०१३ र २०१५ मा पनि सेमिफाइनसम्म पुगेपनि अघि बढ्न सकेका थिएनन् । सन् २०१४ मा अष्ट्रेलियन ओपन र २०१५ मा फ्रेन्च ओपन जितेका वावरिन्का तेस्रो ग्राण्डसलामको उपाधि जित्ने योजनामा छन् । गत वर्ष फ्रेन्चको ओपको फाइनलमा वावरिन्काले जोकोभिकलाई हराएर उपाधि जितेका थिए । यता सन् २०११ र २०१५ मा युएस ओपन च्याम्पियन बनेको जोकोभिक तेस्रो पटक युएस ओपन जित्ने तयारीमा छन् । जोकोभिकले अहिलेसम्म १२ ग्राण्डसलामको उपाधि जितिकेका छन् । यस्तै महिलातर्फको फाइनलमा जर्मनीकी एन्जेलिक करबर र चेक रिपव्लिककी कारोलिन प्लिस्कोभा भिड्नेछन् ।

novik jokowich swatan wawnrika Tenis

विशेष