मनोरञ्जन

चलचित्र छक्का पञ्जा देशैभर हाउसफुल

चलचित्र छक्का पञ्जा देशैभर हाउसफुल
chhakka-panja भदाै - २५ । शुक्रबारबाट दर्शकमाझ छाएको फिल्म छक्का पञ्जा देशभर हाउसफुल भएको छ । फिल्म रिलिज भएकाे पहिलाे दिन हलमा दर्शकको चाप बढेपछि फिल्मकी नायिका प्रियङका कार्कीले भावुक हुँदै आँशु खसालेकी थिइन् । हाँस्य कलाकार दिपकराज गिरि, केदार घिमिरे, जितु नेपाल, बुद्धि तामाङ, शिवहरी पौडेलसँगै प्रियङका कार्की, वर्षा राउत, नम्रता साप्कोटा लगायतको अभिनय रहेको छ । फिल्म हेर्न दर्शकहरु हलसम्मै पुगेपछि शनिबार फिल्म लागेका देशभरका हलहरु हाउसफुल छन् । राजधानिको गोपिकृष्ण हलमा विहानको पाँचवटा शो हाउसफुल भए भने अष्टनारायणमा पनि दर्शकको चाप उत्तिकै छ । फिल्मले शनिबारमात्रै एक करोडको ग्रस विजनेस गर्ने अनुमान गरिएको छ । फिल्मलाई दिपाश्री निरौलाले निर्देशन गरेकी हुन् । फिल्मको पूर्व पश्चिम रेल बोल गरेको गीत फिल्म रिलिजअघि नै दर्शकमाझ लोकप्रिय भइसकेको थियो ।

house full Khagendra Lamichhane

विशेष