समाज

किन बाँड्छन ईशान भादगाउँले टोपी र गम्छा !

किन बाँड्छन ईशान भादगाउँले टोपी र गम्छा !
ishan-adhikari-nepalaaja-3 सेतो धोती, सेतै कमिज, शीरमा कालो भादगाउँले टोपी र घाँटीमा सुतिको गम्छा भिरेका २० – २१ वर्ष युवा साइकलमा हुईंकदै आए । भदौरे मध्य दिनको गर्मी र साइकल यात्राले उनी असिनपसिन थिए । ‘माफ पाउ है हजुर, धेरै कुर्नु भयो क्यारे !’ स्वदेश बचाउन क्षमा अभियान थालेका ईशान अधिकारीले बिनयशीलता दर्शाए । खाशमा उनी भनेकै समयमा आएका थिए । त्यसपछि उनै ईशानले तय गरेको भेटघाटको स्थल मिलन राईको कोठातर्फ लाग्यौँ । मिलन राई ‘ह्वाइट बटरफ्लाई’ (सेतो पुतली) अभियानका निम्ति परिचित छन् । बेल्जियमको ब्रसेल्समा आतंककारी आक्रमण हुँदा त्यहाँ शान्तिको आह्वानमा सेता पुतलीहरू प्रयोग भएका थिए । त्यतिबेला ब्रसेल्सस्थित स्टक एक्सचेन्ज भवनको भित्तामा मिलन राईकै सिर्जनाका पुतली उडाइएको थियो । मिलनले विश्वकै प्रतिष्ठित विश्वविद्यालयमा उनले विद्यार्थीसँग अनुभव साट्ने अवसर पाइसकेका छन् । यिनै सृजनशील मिलनको कलात्मक कोठामा ईशानसँग उनको अभियानका बारेमा गफ चल्यो । ‘चर्चा कमाउनको लागी रंग छ्यापेका हैन । अभियान सुरु गर्न लागेको जानकारी दिन रंग छ्यापेको थिएँ । देशमा असमानता ,विकृती छ भनेर देखाउन सांकेतिक विरोध गरेको थिएँ ।’ कुराकानीको सुरुवात गर्दै ईशान गफिन थाले । ईशान चर्चामा आएको धेरै भएको छैन । गत जेठ ९ गते उनले सिंहदरबारमा रंग छ्यापेपछि धेरैको नजरमा परे । छोटो समयमा उनले धेरै चर्चा कमाएको भन्नेहरुको कमी छैन । ishan-adhikari-nepalaaja-1ईशानका जीबनमा अनेक घुम्ती आए । बिद्यालय नै छोडेर हिडिदिए । कसैका लागि उनी सन्की दरिए त कसैका लागि अडान नछाड्ने ठिटो । चिनारी जे सुकै होस्, उनी बेप्रवाह उद्देश्यमा लागि रहे । भुकम्प गएपछि उनी टुंडीखेलमा सौचालय बनाउने काममा लागे । भुकम्प र नाकावन्दीको चपेटामा देश पर्यो । देशवासीकै बीचमा मनोवैज्ञानिक खाडल देखियो । भावनात्मकरुपमा एक नभइ देशको जडान बलियो नहुंने उनको बुझाइ छ । उनले पूर्व–पश्चिम पैदल यात्रा थाले । ईशानलाई बुझे सिंहदरबारले त्यत्तिकै बुझ्नवाला छैन । तर, उनी हिंसा विरोधी थिएनन । रचनात्मक शैलीले सिंहदरबारको ध्यान आकृष्ट गर्ने उनले सोच निकाले । यसै मेसोमा उनले सिंहदरबार मूल गेट अगाडि रंग छ्यापे । ईशान रंग छ्याप्दाछ्याप्दै पक्राउ परे । त्यसपछि हिरासतमै उनले बिद्रोह गरे । पानीपनि नखाने गरी अनसन अर्थात निर्जल ब्रत लिए । साथीभाइको करकापले उनले आठौं दिन उनले पानी खाए । तर, १३ दिनसम्म उनले पानीबाहेक केही खाएनन् । ३० हजार धरौटी तिरेर रंग नछ्याप्ने सर्तसहित उनी छुटे । उनले भित्तामा रंग छ्याप्न छोडे । तर, रंगसँग खेल्न छोडेनन् । भित्तामा ‘स्वदेश बचाउँन म के गर्दैछु ?’ भन्दै लेख्न थाले । उनका गतिविधि समाचार बन्न थालिसकेका थिए । अपरिचितहरुपनि परिचय दिंदै आउनेक्रम शुरु भइसकेको थियो । असार २ गते अपरिचित व्यक्तिले फोन गरे, ‘तपाईँको बारेमा नयाँ डि.एस.पी. साहेवले धेरै चर्चा सुन्नुभएको रहेछ । भेट्न चाहनुभएको छ । एकपटक सिंहदरवारवृत्त आउनुहोस् न ।’ प्रहरीको फोन रहेछ । डिएसपीले शुरुमा राम्रै कुरा गरे । त्यसपछि मोबाइल खोसे र पक्राउ परेको बताए । तीन हजार धरौटी दिएर फेरि छुटे । देश बचाउन क्षमा अभियान थालेका उनको मन्त्र छ, सत्तामा रहेका सबैले हिजो गरिएको विभेदका लागि क्षमा माग्नुपर्छ । असन्तुष्ट पक्षले पनि क्षमादान गर्दै मेलमिलापमा लाग्नुपर्ने उनको जोड छ । ईशान २१ वर्षअघि काठमाण्डौमा जन्मिए । ईश्वर अनुको जेठो छोरा ईशान सानै देखी फरक स्वाभावका थिए । सम्मपन्न परिवारमा जन्मेको हुनाले उनलाई त्यस्तो दुख भएन । तर, उनी बच्चा देखी स्वतन्त्र हुन पाएनन । कोठे हुकाईमा हुर्किए ,बच्चादेखि नै बाहिरी वातावरणमा रमाउन पाएनन । अध्ययनमा उनी तेज थिए ,सेन्टजेभियर्समा पढ्न थाले । शिक्षक शिक्षिकासंग तर्क गर्थे । यस्ता तर्क जो संगै पढिरहेका साथीभाइका लागि नौला हुन्थे । फरक शैली, सोच र तिक्ष्ण दिमागका कारण ईशानलाई साथीभाइले आइन्स्टाइन भनेर बोलाउथे । उनी सानैदेखि टिभी, रेडियो मोबाइल बनाउन पोख्त थिए । शिक्षकको अध्यापनमा उनी खोट देख्थे । उनी कक्षामा शिक्षकको कम्प्लेन गर्थे । प्रशासनमा उनी विरुद्ध शिक्षकले कम्प्लेन गर्थे । उनले एकजना शिक्षकसंग ‘कि त सेन्टजेर्भियर्समा छैन कि म छैन’ भनेर जुहारी खेले । विद्यालयले शिक्षकको पक्ष लियो । इगोका कारण अन्ततः ईशानले विद्यालय छाडे । त्यसपछि उनी सामाजिक तथा राजनितिक गतिविधीमा लागे । कमल थापाको राप्रपा नेपालमा केही समय सक्रिय भए । ‘पछि राजनीति मेरो लागि हैन भन्ने लागेर राप्रपा नेपाल त्यागिदिए ।’ उनले विगत सम्झिए । विद्यालय छाड्नाले अहिले उनलाई कुनै पछुतो छैन । उनी निराश पनि छैनन् । बिद्यालयमा भन्दा बढी समाजबाट ज्ञान लिएका छन । भन्छन ‘दृष्टिकोणले गर्दा मान्छेले राम्रो नराम्रो छुट्याउने हो । मैले त्यति बेला त्यो निर्णय नलिएको भए सायद आज म डाक्टर, इन्जिनियर वा लोकसेवाकोे तयारी गरेको हुन सक्थे होला । बाटो एकदमै भिन्न हुन्थ्यो । म आज जे छु त्यो हुन्थिन् होला । ’ उनले हास्दै सुनाए । पछिल्लो समय उनी फिरन्ते जीबन जिइरहेका छन् । उनले उत्पीडनमा परेका जाति र समुदायको समर्थन पाएका छन् । उनीहरुको दुख पिडा सुन्दै देशको बिभिन्न ठाउ हिडिरहेका छन । उनलाई थारु, मधेशी, मुस्लिम, आदिवासी जनजातिले आफ्नै ठान्छन् । ishan-adhikari-nepalaaja-2 क्षमा अभियान किन ‘ऐतिहासिकरुपले मधेसी मूलका थारु, महिला, दलित, मुस्लिमलगायत राज्यको पहुँचबाट टाढा छन् । उहाँहरुप्रति सिंहदरबार एकचोटी झुक्नुपर्छ । ’ उनले थपे ‘यो क्षमाले सहानुभुति र भाइचारासहितको करुणाको वातावरण बनाउँछ । नेपालको समस्या नेपालमै बसेर समाधान गर्न सक्ने स्थिति हुन्छ । देशले स्थायित्व प्राप्त गर्नको लागि क्षमा आवश्यक छ ।’ गत वर्ष कैलाली टिकापुरमा हिसां भड्कियो । सो झडपमा प्रहरीको एसएसपी लक्ष्मण न्यौपाने सहित७ प्रहरी र एक बालकको ज्यान गयो । घटना भएको एकवर्ष वितिसक्दा पनि सरकारले छानविन गरेर सत्यतथ्य बाहिर ल्याएको छैन । ईशान र उनको साथी साईकल यात्रा गरेर टिकापुर हानिए । एक वर्ष पछि जाँदा पनि उनले पीडितको आँशु र असन्तुष्टिको आक्रोश उस्तै देखे । उनले सबैका पीडा र वेदन सुने । भादगाऊँले टोपी र गम्छा दिए । भादगाऊँले टोपी अर्थात पहाड र गम्छा अर्थात मधेशको समायोजनका रुपमा उनले पोशाकको बिम्ब प्रयोग गर्दै आएका छन् । देशका हेरक भुभागमा बस्ने मानिसको भावनात्मक एकता नभइ देश विकास नहुंने उनको बुझाइ छ । उनी शासनमा आसिन भएकाहरुले उत्पीडनमा परेकाहरुसँग क्षमा माग्ने र उत्पीडितले क्षमा दिने साहश गरेमा देशको एकता मजबुत हुंने ठान्छन् । हिंसाले समाजलाई धु्रबीकरण गर्ने भन्दै उनी हिंसा बिरोधी अभियानमा जुट्न सबैलाई आग्रह गर्छन । गौतम बुद्ध र महात्मा गान्धीले हिंसा बिनै संसार परिवर्तन गरेको दृष्टान्त दिने ईशान भन्छन्, ‘स्वदेशलाई माया गर्ने युवाहरुको कमी छैन नेपालमा, ईमान्दारीको साथ लाग्यो भने हाम्रो देश सुन्दर, शान्त र स्वर्ग बन्नेछ ।’ मिलनको कोठामा राखिएका संस्कृतलगायतका किताव देखाउँदै ईशानले भने, ‘यहाँ ज्ञानको खानी छ । तर ज्ञानी मान्छेहरुको कमी छ ।’ साशक ज्ञानी भए समस्या सहजै हल हुंने उनको निष्कर्ष छ । प्रस्तुति: सागर बुढाथोकी

chyama abhiyan Ishan Adhikari sighadurbarma rang chyapne swadesh bachauna k gardai chan

विशेष