‘कपिल शर्माका सामुन्नेमा मलाई यसरी अपमान गरियो’
चर्चित हास्यकलाकार जितु नेपालले भारतीय कलाकार कपिल शर्माका सामू आफुलाई गरिएको उपेक्षा जीबनमा कहिल्यै भुल्न नसक्ने बताएका छन् । नेपाल आजले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै उनेले भारतीय कलाकार र आफुहरुलाई गरिने विभेदका बारेमा भावपूर्ण अनुभव साटेका थिए । उनले भारतीय कलाकार कपिल शर्मा नेपाल आउँदा आफुलाई बोलाएर पनि आयोजकले नराम्रोसँग उपेक्षा गरेको भन्दै दुःख व्यक्त गरे ।
दुई बर्ष अघि(०७१, मंसिर) को तीतो अनुभव साट्दै उनले भने, ‘कपिल घण्टौं ढिलो गरी कार्यक्रम स्थलमा आए । कार्यक्रम शुरु हुंने बेला उनी सुतिरहेको खबर आयोजकलाई आयो । आयोजकले मलाई पत्रकार भुलाइदिन पर्यो भने । पछि कपिल शर्मा आएपछि उनको छेवैमा म बसे । न मलाई परिचय गराइयो । न कपिललाई प्रश्न गर्दा कुनै नेपाली पत्रकारले मलाई प्रश्न गर्यो ।’ मर्दापर्दा नेपालीलाई नेपाली कलाकार नै चाहिने दृष्टान्त दिंदै उनले थपे , ‘मलाई त्यसदिन सारै बैराग लाग्यो । आयोजकले परिचय गराएको भएपनि म केही सहज महशुस गर्थे । पत्रकारले पनि उनै कपिललाई प्रश्न गरे । कार्यक्रम सकिएपछि अब भेटौं भन्दै थिए आयोजकले । मैले धन्यवाद भन्दै हिंडे ।’
जितुले सो दिनको घटनालाई जीबनकै सबैभन्दा पीडादायी क्षणको संज्ञा दिए । कलाकार जितुले भारतीय कलाकार आउँदा देखिने तछाडमछाड र आफुहरुलाई गरिने व्यवहारको पनि तुलना गरेका थिए । उनले ‘हामीले हामीलाई माया नगरेसम्म कस्ले गर्छ’ भन्दै प्रश्न गरका थिए । उनले कपिल शर्मा आउँदा गरिएको उपेक्षापूर्ण व्यवहारका बारेमा भनिरहँदा हलमा सन्नाटा छाएको थियो । कलाकार जितुको अनुभव तलको लिंकमा हेर्न सक्नुहुन्छ ।
jitu nepal jitu nepal insulted infront of kapil sharma kapil sharma