विश्व फुटबलमा सबैभन्दा महँगो खेल म्यानचेस्टर डर्बी
भदौ २५ । शनिबार साँझ इंग्लिस प्रिमियर लिगमा सिजनको पहिलो र बहुप्रतिक्षित म्यानचेस्टर डर्बी हुनेछ । विश्व फुटबलमै यो खेल सबैभन्दा महँगो भएको दाबी गरिएको छ । महँगो यस अर्थमा कि म्यानचेस्टर युनाइटेड र सिटीका खेलाडीहरुको मूल्य ६०० मिलियन पाउण्डभन्दा बढी हुनेछ ।
सिटी र युनाइटेड दुवै टोलीमा नयाँ प्रशिक्षक छन् । सिटीका पेप ग्वार्डिओला र युनाइटेडका लागि माउरिन्होले चीर प्रतिद्धन्दी टोलीको नेतृत्व सम्हालेर प्रिमियर लिग जित्ने होडमा अघि बढेका छन् ।
म्यानचेस्टरका दुई टोलीबीच खेलाडीका लागि खर्च गर्न तछाड मछाड देखिएको थियो । युनाइटेडका पाउल पोग्वा र सिटीका जोन स्टोनको खेललाई समर्थकले प्रतीक्षाको रुपमा हेरेका छन् । यसको मतलव सय मिलियन पाउण्डभन्दा बढीका यी स्टारहरु एकै मैदानमा देखिने भएपछि निसन्देह यो ठूलो खेलमा परेको छ ।
दुवै प्रशिक्षकले टोलीमा पर्ने खेलाडीहरुलाई अन्तिम नाम दिइसकेका छ्रैनन, यद्यपि ८९ मिलियन पाउण्डमा इंग्ल्याण्ड फर्किएका पोग्वा युनाइटेडको टोलीमा समावेश हुनेछन् भने माउरिन्होको टोलीका खेलाडीको जम्मा मूल्य ३८१.१ मिलियन पाउण्ड हुनेछ ।
प्रतिद्धन्दी सिटी भने युनाइटेडको तुलनामा ३० मिलियन कम मुल्यका खेलाडी लिएर ओल्ड ट्राफोट जानेछ । म्यानचेस्टर डर्बीबाट युनाइटेडका म्यानेजर माउरिन्हो डराएका छैनन् । यसै सिजनदेखि पदभार ग्रहण गरेका चेल्सीका पूर्वप्रशिक्षक माउरिन्होले यसअघि नै भनिसकेका छन् कि उनी युनाइटेडलाई शीर्ष स्थानमा र्पुयाउन ओल्ड ट्राफोट आएका हुन् ।
एजेन्टले पाउने कमिसनसहित पोग्वाको १०० मिलियन पाउण्डको सम्झौता तथा एरिक बेलीको ३१.५ मिलियन पाउण्डको सम्झौता माउरिन्होले यस सिजन गरेका प्रमुख सम्झौता हुन् ।
३० मिलियन पाउण्डका लुक शअ रक्षाप्रक्तिमा रहेछन् । अग्रपंक्तिका ३ स्टारहरु वायने रुनी, एन्थोनी मार्सल र जुहान माटाको मूल्यपनि १०० मिलियन पाउण्डभन्दा माथि छ । यी तीनका अलावा यसै सिजन पिएसजीबाट आएका ज्लाटन इब्राहिमोबीच पनि छदैछन् ।
युनाइटेडको तुलनामा सिटीले कम मूल्यका खेलाडीहरु उतार्दैछ । तर उनीहरुको सन्तुलनता भने खेलमा उत्कृष्ट देखिन्छ ।
ग्वार्डिओलाका खेलाडीहरु स्टोन्स, लेरोय सेन, लकेइ गुण्डोगान, ग्याब्रियल जेसस र नोलिटोको कुल मुल्य १६८ मिलियन पाउण्ड हो । यिनीहरु यसै सिजनदेखि सिटीमा आवद्ध भएका हुन् ।
इंग्लिस डिफेण्डर स्टोन्स ४७.५ मिलियन पाउण्डमा एभर्टनबाट सिटीमा आएका हुन् । १३.८ मिलियन पाउण्डमा सम्झौता गरेका स्पेनिस युवा स्टार नोलिटो सिटीको अग्रपंक्तिका मुख्य खेलाडी हुन् । यी दुवैले ओल्ड ट्राफोडमा सिटीका लागि खेल्नेछन् ।
सर्जियो एग्युरोको तीन खेलको प्रतिबन्धका कारण नोलिटो सिटीका मूख्य स्ट्राइकर बन्न सक्छन् ।गत बर्ष लिभरपुलबाट ४४ मिलियन पाउण्डमा सिटी आएका रहिम स्टिर्लिङले पनि सिटीका लागि अग्रपंक्तिको जिम्मा लिनेछन्, जसले सिजनको सुरुता उत्कृष्ट प्रदर्शनसँगै गरेका थिए ।
बेल्जियमका सुपरस्टार केभिन डि ब्रुयन सिटीका सबैभन्दा महंगा खेलाडी हुन् । ५४.८ मिलियन पाउण्डका यी खेलाडी पनि सिटीको नियमित टोलीका सदस्य हुन् ।
६०० मिलियनको मुल्यमा दुवै टोलीका बेन्चमा बस्ने खेलाडीहरुको मूल्य समावेश छैन । जहाँ युनाइटेडका २६ मिलियन पाउण्डका विंगर हेनरिक खितार्यन छन् भने सिटीका एग्युरो ३८ मिलियन पाउण्डका हुन् । खेल्न पाउने भए एग्युरो सिटी टिमको सुरुवाती टोलीमै रहन्थे ।
धेरै मूल्यका खेलाडीहरुको जमघट हुनु भनेको क्षमताबान खेलाडीको संयोजन हो । र यसले के देखाउँछ भने इंग्लिस प्रिमियर लिग फेरि एक पटक विश्वकै सबैभन्दा धनी लिग बनेको छ ।
manchester darbi