खोकी लाग्दा यस्तो खानेकुरा नखानुहोस्
एजेन्सी –सामान्यत जाडो महिनामा बढि खोकि लागेको अनुमान गरिन्छ । तर खोकी जाडो र गर्मी दुबै याममा लाग्ने गर्छ । कसैलाई समयमै निकाे हुन्छ भने कसैलाई जति औषधी सेवन गरेपनि लामो समयसम्म खोकीले सताइरहन्छ । खोकी लागेको केही दिनमा निको नभए चिकित्सकलाई भेट्नुपर्छ । विशेषगरि खोकी लाग्दा यी खानेकुरा भुलेर पनि खानु हुँदैन ।
कफी तथा चियाः
कफी तथा चियाले घाटीलाई सुख्खा बनाउने र केही चिज निल्दा समेत गाह्रो हुने भएकाले खाकी लागेको समयमा यी दुई पेय लिनुहुँदैन ।
जंक फुडः
बजारमा प्याक गरेर बेचिने खानेकुरा जंक फुड्ले रोग प्रतिरोधात्मक क्षमता कमजोर बनाउनुका साथैैै शरिरको प्रतिरक्षात्मक कार्यलाई घटाउँछ । जस्तै पास्ता, चिप्स, प्याक गरिएका स्नयाक्स लगायतका खाने कुरा नखानु नै उचित हुन्छ ।
तारिएका खानेकुराः
तारिएका खानेकुरा चिल्लाे हुनाले यस्ता खानेकुराले झन् खोकी लगाउँछ । तातो तेलमा खानेकुरालाई लामो समय फ्राइ गर्दा एक्रोलिन नामक तत्व उत्पन्न हुने र त्यसले खोकी लाग्ने र घाँटी दुख्ने गर्छ । त्यसकारण यस्ता खानेकुराबाट टाढै रहनुपर्छ ।
चिसो पदार्थः
आइस क्रिम र चिसो पेय पदार्थले घाँटीको संक्रमणको खतरा हुन्छ ।
मदिराः
मदिराले रोग प्रतिरोधात्मक क्षमता घटाउनुका साथै डिहाइड्रेसन गराउँछ । यसले खोकी झन् खोकी बढाउनुका साथै अन्य समस्या उत्पन्न गर्छ ।
यस्ता घरेलु उपायले खोकी रोक्न सकिन्छ
— नुनपानीले कुल्ला गर्ने
— मनतातो पानीमा नुन हालेर घोली गार्गल गर्नाले सुक्खा खोकी घट्दै जान्छ ।
— मह खाने
— सुक्खा खोकी निरन्तर लागेर हैरान बनाएको बेलामा मह खाने गर्नाले सञ्चो हुन्छ । महले घाँटीलाई सुक्खा हुन दिँदैन र सुक्खा खोकी लाग्ने क्रमलाई कम गरिदिन्छ ।
— अदुवा हालेको चिया खाने
— सुक्खा खोकी लागेको बेला अदुवा मिसाएको चिया खाने गर्नाले आराम मिल्छ ।
gharelu upaye
kholi