खेल
५० वर्षको उमेरमा स्वर्ण पदकका साथ किर्तिमान
शनिबार, २५ भदौ २०७३ गते प्रकाशित

भदौ – २५ । रियो पाराओलम्पिकमा काजकस्तानकी ५० वर्षीय पौडी खेलाडीले स्वर्ण पदकका साथ किर्तिमानीसमेत बनाएकी छन् ।
पाराओलम्पिकमा ५० वर्षकी जुल्फिया गाबिदुलिनाले एक सय मिटर फ्रिस्टाइलमा काजकस्तानलाई इतिहासमै पहिलो पटक स्वर्ण पदक दिलाउने क्रममा ४३ दशमलव २२ सेकेण्डमा दूरी पूरा गरेर नयाँ विश्व कीर्तिमान बनाएकी हुन् ।
यसअघि ह्वीलचियर धाविका रहेका खुट्टा नभएकी जुल्फियाले ३० वर्षको उमेरपछि मात्रै पौडी सुरु गरेकी हुन् ।
julfiya gabilina
kajakstan
Rio Olampic