चाेटग्रस्त क्रिष्टियानो रोनाल्डो मैदानमा
भदौ – २५ । क्रिष्टियानो रोनाल्डो खेल मैदानमा फर्किँदै छन् । यो सिजनमा उनी पहिलाे पटक मैदानमा उत्रिँदै छन् ।
युरो कप २०१६ को फ्रान्ससँगको फाइनलमा लागेको चोटका कारण मैदान बाहिर रहेका रोनाल्डो शनिबार बेलुका ला लिगा अन्तर्गत ओसासुनको खेलमा मैदानमा हुनेछन् । युरो कप फाइनलको क्रममा फ्रान्सका दिमित्री पेयटसँग ठोक्किएपछि रोनाल्डोको घुँडामा चोट लागेको थियो ।
रियल मड्रिड र ओसासुनाबिचको खेल बेलुका पौने ८ बजे हुनेछ । रियल मड्रिडका प्रशिक्षक जिनेदिन जिदानले भने ‘रोनाल्डो टिममा फर्किएकोमा हामी निकै खुसी छौं । यो उनको सिजनको पहिलो खेल हो । उनी ६० दिनपछि मैदान फर्किँदै छन् ।’
रियल मड्रिडले ला लिगाको यो सिजनका दुई खेलमा जित निकालेको छ । यस्तै उसले सेभिल्लालाई हराएर युरोपियन सुपर कपको उपाधि पनि जितेको छ ।
christeyano ronaldo