दिलसानले खेल अवधिभर १ रन बनाए, बिदाइमा 'गार्ड अफ अनर'काे उपाधी दिइयो
भदौ – २५ । श्रीलंकन स्टार क्रिकेटर तिलकरत्ने दिलसानले आफ्नो अन्तिम खेल जीवनमा शुक्रबार अस्टे«लियाविरुद्ध सम्पन्न टी–२० मा एक रन मात्र बनाए ।
तर, मैदानमा उपस्थित सबै खेलाडीले तालीको गडगडाहटसँगै ‘गार्ड अफ अनर’ दिएर दिलसानको बिदाई गरे । उनी क्रिजमा उत्रदाँ उनलाई टिमका अन्य खेलाडीले ब्याट हावामा उठाएर ‘गार्ड अफ अनर’ बाट सम्मानित गरेका हुन् ।
उनी अन्तिम खेलमा जोन हेस्टिङ्सको बलमा डेभिड वार्नरको हाथबाट स्लिपमा समातिएका थिए । उनले त्यतिबेला ३ बल खेल्दै १ रन मात्र बनाएका थिए । उनी मैदानमा उत्रिदा रंगशालामा उपस्थित सबै दर्शकले ताली पिटेर उनको स्वागत गरे ।
खेलपछि भावुक बनेका दिलसानले भने–‘मेरो क्रिकेट जीवन समाप्त भएको छ। मैले १७–१८ वर्ष लामो खेल जीवनको पुरा आनन्द उठाएँ । टिमका लागि जति योगदान गर्न सकेँ, खुसी छु।’ उनले आफूले कहिल्यै कीर्तिमान बनाउन नखेलेको स्पष्ट पारे । ‘मैले टिम र देशका लागि खेलेँ । अब परिवार र छोराछोरीसँग समय बिताउने बेला आएको छ । उनीहरूलाई पनि समय दिनु पर्नेछ,’ उनले भने ।
क्रिकेटमा आफ्नै विशेषताको ‘दिलस्कुप’ सट हान्न माहिर दिलसानले क्रिकेटको सुरुवात सन् १९९९ को नोभेम्बरबाट गरेका थिए ।
दिलसानले ४ सय ९७ अन्तराष्ट्रिय खेल खेलेका छन् । उनले ८७ टेष्टमा ५ हजार ४ सय ९२ रन बनाएका थिए । ३ सय ३० एकदिवसीयमा उनले १० हजार २ सय ९० रन बनाएका छन् । यस्तै, टि–२०मा ८० खेल खेल्ने क्रममा १ हजार ८ सय ८९ रन बनाएका थिए ।
srilanka cricket team
tilakratna dilshan