खेल

ला लिगाको एथ्लेटिको म्याड्रिडबाट पहिलो जित दर्ता

ला लिगाको एथ्लेटिको म्याड्रिडबाट पहिलो जित दर्ता
khel भदौ–२५ । ला लिगाको नयाँ सिजनमा एथ्लेटिको म्याड्रिडले आफ्नो पहिलो जित दर्ता गरेको छ । शनिबार भएको खेलमा एथ्लेटिकोले सेल्टाभिगोलाई ४–० ले पराजित गरेको हो ।  एथ्लेटिको लिगको दाबेदार मानिए पनि पहिलो दुई खेलमा निराशजनक बराबरीमा रोकिएको थियो । तर, शनिबारको खेलमा भने लयमा देखिएको थियो । पहिलो हाफ गोलरहित रहेको थियो तथापि दोस्रो हाफको ५३ औं मिनेटमा गोल गर्दै कोकेले एथ्लेटिकोलाई अग्रता दिलाए । त्यसपछि एन्टोनियो ग्रिजमानले ८ मिनेटको अन्तरालमा दुई गोल गर्दै एथ्लेटिकोको अग्रता दोब्बर बनाए । उनले खेलको ७३ औं र ८१ औं मिनेटमा गोल गरे । खेलको अन्त्यतिर एन्जल कोरेयाले एक गोल थपे । ३ खेलको एथ्लेटिको ५ अंकसहित चौंथो स्थानमा छ ।

football laliga

विशेष