खेल

म्यानचेष्टरका खेलमा सिटीको लगातार जीत

म्यानचेष्टरका खेलमा सिटीको लगातार जीत
manchestor-cityभदौ–२५ । इंग्लिस प्रिमियर लिग अन्तर्गत म्यानचेष्टर डर्बीमा शनिबार भएको खेलमा म्यानचेष्टर सिटी २–१ ले म्यानचेष्टर युनाइटेडविरुद्ध विजयी भएको छ । म्यानचेष्टर युनाइटेडको घरेलु मैदान ओल्ड ट्राफोर्डमा भएको खेलमा सिटी विजयी भएको हो । सिटीका लागि केभिन डे ब्रोइनले १४ औं र केलेसी हिलाचोले ३५ औं मिनेटमा गोल गरेका हुन् । युनाइटेडका जाल्टन इब्राहिमोभिचले ४२ औं मिनेटमा सान्त्वना गोल मात्र फर्काउन सके । जारी सिजनमा यो सिटीको लगातार चौथो जित हो भने युनाइटेडको पहिलो हार ।

football manchester city

विशेष