देश

भारतीयद्वारा नेपालीमाथि निर्घात कुटपिट

भारतीयद्वारा नेपालीमाथि निर्घात कुटपिट
भदौ - २५ । कञ्चनपुरको दोधाराचादँनी नगरपालिका–१० कुतियाकवरका स्थानीय तीनजनालाई भारतीय नागरिकले घरमै पसेर निर्घात कुटपिट गरेका छन् । सिमावर्ती भारतीय गङ्गाली कलौनी गाउँबाट शुक्रबार राति नेपाली बस्ती कुतियाकवर पसेका करिब आठ÷१० जनाको समुहमा आएका भारतीय नागरिकले उनीहरुमाथि आक्रमण गरेको इलाका प्रहरी कार्यालय दोधाराचादँनीका प्रहरी निरीक्षक वीरेन्द्रबीर विकले जानकारी दिए । भारतीय नागरिकले स्थानीय तुलबहादुर सुनारको घरमा पसेर राति कुटपिट गरेका हुन् । कुटपिटबाट ५५ वर्षीय तुलबहादुर, उनकी ३४ वर्षीय श्रीमती गीता र १५ वर्षीय नाति चन्दन घाइते भएका छन् । घाइतेलाई स्थानीय मेडिकलमा उपचार गरी घर पठाइएको प्रहरी निरीक्षक विकले बताए । रासस

Chadani dhodhara India Nepal fight Kanchanpur

विशेष