समाज

प्रश्न उठाउन नपाईने अदालतको यो काम एकपटक पढ्ने कि ?

प्रश्न उठाउन नपाईने अदालतको यो काम एकपटक पढ्ने कि ?

img-04

भदौ २६ । कमसल धितोमा ऋण प्रवाह गरी झन्डै एक अर्ब रुपैयाँ भ्रष्टाचार गरेको अभियोगसहित मुद्धा चलाइएका नेपाल बैंक लिमिटेडका तत्कालीन प्रबन्ध निर्देशकसहितका पदाधिकारीको मुद्धा १० वर्षदेखि सर्वोच्च अदालतमा थन्किएको छ ।

विशेष अदालतबाट भ्रष्टाचार ठहर भएपछि २०६३ साल असोज ११ मा मुद्धाका प्रतिवादीले सर्वोच्चमा पुनरावेदन गरेका थिए । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ऋण प्रवाहमा भ्रष्टाचार भएको भन्दै बैंक पदाधिकारी र ऋणीसहित ८५ व्यक्तिविरुद्ध मुद्धा दायर गरेको थियो ।

यो मुद्धामा २०६३ यता पटक पटक सुनवाई भएपछि अझै टुंगो लागेको छैन । यो सहित ७६ थान भ्रष्टाचारका मुद्धा एक दशकदेखि सर्वोच्चमा थन्किएका छन् । –अन्नपूर्ण पोस्ट्बाट

विशेष