खेल ताजा खबर

स्पेनिस ला लिगामा बार्सिलोना घरेलु मैदानमा हार्यो

स्पेनिस ला लिगामा बार्सिलोना घरेलु मैदानमा हार्यो

basrsa भदौ २६ । स्पेनिस ला लिगाको साबिक विजेता बार्सिलोना घरेलु मैदानमै हारेको छ । ला लिगा अन्तर्गत शनिबार राति भएको खेलमा बार्सिलोना अलाभेससँग २–१ ले हारेको हो । ३९ औं मिनेटमा सिल्भा एकोस्टाले गोल गर्दै अलाभेसलाई सुरुवाति अग्रता दिलाए । बार्सिलोनाका लागि ४६ औं मिनेटमा जेरेमी म्याथ्युले बराबरी गोल फर्काए । नेइमारको कर्नरमा म्याथ्युले गोल गरेका हुन् । तर ६४ औं मिनेटमा अलाभेसका गोमेज पेरेजले गोल गरे । लियोनल मेस्सी मैदान छिरेको केही मिनेटपछि नै गोमेजले अलाभेसका लागि गोल गरेका हुन् ।

messi

गोमेजको गोलपछि लुइस स्वारेजले पनि मैदान छिरे तर बार्सिलोनालाई हारबाट जोगाउन सकेनन् । अघिल्ला दुई खेल जितेको बार्सिलोनको यो सिजन ला लिगामा अपराजित यात्रा तेस्रो खेलमै आएर सकियो । गएको सिजनसहित बार्सिलोना ला लिगाका सात खेलमा अपराजित थियो । अलाभेसले बार्सिलोनालाई ला लिगामा सन् २००० पछि पहिलो पटक उसकै मैदान नाउ क्याम्पमा हराएको हो । हारेको बार्सिलोना तीन खेलबाट ६ अंकसहित चौथो स्थानमा छ ।

राति नै भएका अरु खेलमा लास पालमसलाई २–१ ले हराएको सेभिल्ला सात अंकसहित दोस्रो स्थानमा उक्लिएको छ । यस्तै भिल्लारियलले मालागालाई २–० तथा एथ्लेटिको मड्रिडले सेल्टा डि भिगोलाई ४–० ले हरायो ।

football

विशेष