स्वर्ण पदक विजेता खेलाडी अहिले बाँच्नका लागि ढलान मजदुरी गर्दैछन्
भदौ २६ । स्वयम्भू क्षेत्रमा सोमबहादुर सुनुवारको परिचय घर ढलान गर्ने मजदुरका रुपमा छ । उनले यो काम गरेको १४ वर्ष भयो । पिताको निधनपछि काठमाडौंमा बाँच्नका लागि उनले के मात्र गरेनन–होटलमा जुठो भाँडा माझे,बिहान ३ बजेदेखि राति ११ बजेसम्म लगातार भाँडा माझ्नु पर्दा आजित बनेपछि उनी ढलान मजदुरका रुपमा काम गर्न थाले ।
तर उनी स्वर्णपदक विजेता खेलाडी हुन् । मैनपुर–६ उदयपुरका ३२ वर्षीय उनले गत अगस्ट ५ देखि ७ सम्म भारतको गुजरातमा भएको प्रथम अन्तर्राष्ट्रिय पारा तेक्वान्दो च्याम्पियनसिप इन्डिया २०१६ मा नेपाललाई स्वर्णपदक दिलाए ।
भारतीय पारा तेक्वान्दो संघको आयोजनामा भएको प्रतियोगिताको क ४२ क्याटोगरीअन्तरगत पुरुष ५५ किलोमा उनले स्वर्ण जितेका थिए । कान्तिपुर दैनिकबाट