इतिहासमा आज

९/११ अर्थात अमेरिकीहरुको कालो दिन

९/११ अर्थात अमेरिकीहरुको कालो दिन

twin-tower

भदौ २६ । आज सेप्टेम्बर ११ आजभन्दा १५ वर्षअघि अमेरिकामाथि अल(कायदाद्वारा आजकै दिन अमेरिकामा आत्मघाती आक्रमण गरी दुईवटा टावर ध्वस्त पारेको दिन । सेप्टेम्बर ११ का दिन बिहानै १९ अल कायदाका आतंकवादीले ४ वटा विमान अपहरण गरेका थिए । अपहरणकर्ताहरूले ४ मध्ये दुई वटा विमान वल्ड ट्रेड सेन्टरमा, १ विमान पेन्टागनमा ठोक्काइएको थियो भने अर्को एक विमान ह्वाइट हाउसमा ठोक्काउने प्रयास गर्दा बाटोमा नै खसेको थियो ।

यसक्रममा, विमान सवार सबै मानिस र ती भवनमा काम गर्ने अन्य मानिस मारिएका थिए । यी आक्रमणमा २ हजार ९ सय ९६ जनाको मृत्यु भएको थियो भने २४ मानिस अझै पनि बेपत्ता रहेको बताइदै आएको छ । ९–११ को उक्त आक्रमण अमेरिकी इतिहासमा सबैभन्दा भयानक र सबैभन्दा धेरै मानिसको मृत्यु भएको आतंकवादी आक्रमण हो ।

यस्ता तथ्यका साथै उक्त आक्रमणअघि र पछि पनि विभिन्न कारण सेप्टेम्बर ११ चर्चामा रहंदै आएको छ । आक्रमणअघि प्राप्त सूचनाहरूलाई वेवास्ता गर्दा आक्रमण भएको भन्ने पनि गरिएको छ । ९–११ आक्रमणभन्दा पहिले ट्विन टावरमा दैनिक ५० हजार भन्दा बढी कर्मचारीले काम गर्दै आएका थिए ।   आक्रमणपछि भग्नावशेषबाट १८ जनालाई जिवितै उद्दार गरिएको थियो ।

वल्ड ट्रेड सेन्टरको भग्नावशेषबाट १९ हजार ४ सय ३५ मानिसको शरीरका टुक्रा निकालिएको थियो भने १.४ मिलियन टन भग्नावशेष निकालिएको थियो ।  आक्रमणको एक महिना अगाडि नै तत्कालिन अमेरिकी राष्ट्रपति जर्ज डब्लु बुसले ओसामा बिन लादेनले अमेरिकामा आक्रमण गर्ने योजना बनाइरहेको सूचना एक मेमोमा गरेका थिए । उक्त मेमोमा उनले लादेनले प्लेन अपहरण गरेर उक्त आक्रमण गर्न सक्ने र मुख्य स्थान न्युयोर्क भएको समेत उल्लेख गरेका थिए ।

Twin Tawor

विशेष