स्वास्थ्य

जानीराखौं टिमुरको उपयोगिता

जानीराखौं टिमुरको उपयोगिता

timurभदौ २६ । आर्युवेदिक प्रणालीअनुसार टिमुर वायुशमन गर्ने प्रकृतिको हुन्छ । यसको प्रयोग दाँत दुखेको निको गर्न र तागत दिने औषधिका रूपमा हुन्छ । ज्वरो आउँदा, झाडाबान्ता र हैजाले सताउँदा टिमुर सेवन गर्दा उपयोगी हुन्छ । टिमुरको धुलो अचार वा चटनीमा मिसाएर खाँदा तथा मासुमा मसलाको रूपमा प्रयोग गर्दा फाइदा मिल्छ ।

खानामा नियमित टिमुरको मात्रा मिलाउँदा शरीरमा ताप प्राप्त हुन्छ । जाडो मौसममा बढी लाभदायी हुन्छ । हाडजोर्नी दुख्दा, पेट दुख्दा र लेक लाग्दा (हाई अल्टिच्युड)को औषधिका रूपमा समेत टिमुरको प्रयोग गर्न सकिन्छ । आधुनिक औषधिविज्ञानले समेत टुथपेस्टलगायतका औषधिको निर्माणमा टिमुर प्रयोग गरेको पाइन्छ ।

Timur

विशेष