समाज

पशुलाई पनि यसरी कुटिँदैन तर विद्यार्थी कुटिन्छन्

पशुलाई पनि यसरी कुटिँदैन तर विद्यार्थी कुटिन्छन्

student-punish

भदौ २६ । दाङको घोराहीमा रहेको गोरखा उच्च माविमा एक विद्यार्थी निर्घात कुटिएका छन् । कक्षा ११ मा अध्यनरत अनिश वस्नेतलाई शिक्षक सुवास पाण्डेले बिहीबार निर्घात कुट्दा उनी घाइते भएका छन ।

झ्यालबाट बाहिर हेरेको भन्दै शिक्षक सुवास पाण्डेले विद्यार्थी अनिश बस्नेतलाई कुट्न थालेपछि विद्यार्थीले छेक्न खोजेका थिए । तर शिक्षक पाण्डेले अनिशलाई अर्को कोठामा लगेर पाइपले निर्घात रुपमा कुटेको पीडितका हजुरबुबा इश्वरी बस्नेतले जानकारी दिए । शिक्षकबाट गल्ति भएको विद्यालयका प्रिन्सिपल मानसिङ घर्तीले स्वीकार गरेका छन् । साथै उनले अभिभावकको सल्लाहमा शिक्षकलाई आवश्यक कारबाही हुने पनि बताएका छन् ।

यता विद्यार्थीका अभिभावकले दोषी शिक्षक माथि कडा कारबाही हुनुपर्ने, विद्यार्थीले सौहाद्र वातावरणमा पढ्न पाउनुपर्ने बताएका छन् । ‘पहिलो कुरा शिक्षकलाई कारबाही हुनुप¥यो, त्यसपछि विद्यार्थीको मानसिकता र शैक्षिक क्रियाकलापमा असर नपर्ने सुनिश्चित हुनुपर्‍यो’, अनिशका बुवाले भने । यदी यो सुनिश्चित भएन भने हामी जहाँ जान पनि तयार छौँ ।’

यता विद्यालयले भने शिक्षकलाई कारबाही गर्नुको साटो मिलेर जानुपर्ने बताएको छ । गल्ति स्वीकार गरे पनि कारबाही भन्दा पनि मिलेर जानुपर्ने विद्यालयका प्रिन्सिपल मानसिङ घर्तीले बताए । यता जिल्ला प्रहरी कार्यालय घोराहीले भने विद्यालयका प्रिन्सीपलको निवेदन भए मात्र मुद्धा दर्ता हुने बताएको छ कानून अनुसार प्रिन्सिपलको निवेदनबिना मुद्धा दर्ता गर्ने व्यवस्था नभएको जिल्ला प्रहरी प्रमुख धीरजप्रताप सिंहले जानकारी दिए ।

घटनाको घोर भत्र्सना गदै दोषी उपर कडा कारबाहीे गर्न अनेरास्ववियू दाङले माग गरेको छ । अनेरास्ववियू दाङका अध्यक्ष बिरबल खड्काले शुक्रबार एक विज्ञप्ती जारी गरी घटनाका दोषी उपर कडा कारबाही नभए आन्दोलनमा उत्रने चेतावनी पनि दिएको छ । विद्यालय जस्तो प्राज्ञिक ठाउँमा निर्घात विद्यार्थी कुटिनु र सम्बन्धित पक्ष मौन बस्नु लाजमर्दो विषय भएको जनाएको छ । तुलसीपुर अनलाईनबाट

विशेष