कभर स्टोरी

के देशमा मधेस सरकार छ ? यति सम्महुँदा नेपाल सरकार कहाँ छ ?

के देशमा मधेस सरकार छ ? यति सम्महुँदा नेपाल सरकार कहाँ छ ?
madhesh-sarkar-nepalaaja-1 भैरवहाबाट सिद्धार्थ राजमार्ग हुंदै लुम्विनी–गेट पार गरेपछि लुम्विनी क्षेत्रतर्फ लागिन्छ । तराईको समथर भुभागमा मधेसी समुदायको बाक्लो बसोबास छ । लुम्विनीदेखि २९ किलोमिटर दक्षिणमा पर्ने नेपाल भारतको सीमाको अजगडियासम्म सरकारी कार्यालयको बोर्डमा मधेस सरकार लेखिएको छ । madhesh-sarkar-nepalaaja-6 भगवान बुद्धको पावनस्थल लुम्विनीको प्रवेशद्वारमा प्रहरी बिट छ । प्रहरी विटकै मधेस सरकार जिन्दावाद लेखिएको छ । सो क्षेत्रको भ्रमण गर्ने र नेपालको वास्तविकता नबुझेकाहरुले मधेस सरकार अन्र्तगतको भुभागमा यात्रा गरिरहेको ठान्ने निश्चित छ । ‘यस्ता होर्डिङ बोर्डले नागरिकको मानसिकता कमजोर बनाउने तथा बिखण्डनकारीको आत्मबल बढाउँने देखिन्छ । तर नेपाल सरकारका सरोकारवाला निकायले आँखामा पट्टी बाँधेको देखिन्छ ।’ लुम्बिनी क्षेत्रमा भेटिएका बुटवलका राम नरेश रायले दुःख व्यक्त गरे । madhesh-sarkar-nepalaaja-2 लुम्बिनी खासाचौर प्रहरी विटको बोर्डमा मधेस सरकार लेखिएको एक बर्ष भइसकेको छ । तर मेटाउने आँट कसैले गर्न सकेको छैन । बीटमा तैनाथ प्रहरी जवान भन्दै थिए, ‘एक वर्ष भईसक्यो यस्तो लेखेको । हटाउन कसैले पहल गरेको छैन । हामीलाई हटाउने निर्देशन आएको पनि छैन ।’ madhesh-sarkar-nepalaaja-7 मधेस सरकार लेख्ने रातो र पहेलो रंग प्रयोग गरिएको छ । ‘रुपन्देही जिल्लामा स्वागत छ ’ भनेर लेखिएको ठाऊँमा ‘मधेस सरकार आपका स्वागत करता है’ लेखिएको छ । madhesh-sarkar-nepalaaja-3 भारतको सिद्धार्थनगर बढनी सीमा हुँदै नेपालको कृष्णनगर प्रवेश गर्ने स्थानमा पहिले नेपाल सरकार स्वागत गर्दछ भन्ने लेखिएको थियो । सो ठाऊँमा अहिले ‘मधेस सरकार आपका स्वागत करता है’ भन्ने लेखिएको छ । सो नाका हुँदै भारतीय पर्यटक आउजाउ गर्ने गर्दछन् । उनीहरुले स्थानीयलाई हामी कुन देशमा छौ भनेर सोध्ने गर्दछन् । नेपाल जाने भनेर आएका उनीहरु मधेस सरकार लेखिएका कारण द्विविधामा पर्ने गर्दछन् । madhesh-sarkar-nepalaaja-4 ‘कहिले देखि नेपालबाट मधेस छुट्यिो ?’ प्राय भारतबाट आएका हरुको जिज्ञाशा हुंने गर्दछ । आन्दोलनका क्रममा मधेसी दलका नेता तथा कार्यकर्ताले नेपाल सरकार लेखिएको ठाउँमा मधेस सरकार लेखेका थिए । कपिलवस्तु, रुपन्देही लगायतका तराईका जिल्लामा रहेका गाविस भवन, स्वास्थ्यचौकी, अस्पताल, विद्यालय, विद्युत प्राधिकरण, टेलिकमलगायत संघसस्थाका कार्यालय, चोकमा मधेस सरकार लेखिएको छ । ‘मधेस सरकार लामो समयदेखि लेखिएकाले सेवा लिन आउने सेवाग्राहीसमेत साँच्चै नै मधेस सरकार भयो कि?’ हरेक जसो सेवाग्राहीको यही प्रश्न हुंने कर्मचारीहरु बताउँछन् ।

प्रस्तुति: सागर बुढाथोकीmadhesh-sarkar-nepalaaja-5

 

is there madesh sarkar in nepal? madesh sarkar

विशेष