सिजीको नयाँ स्मार्ट फोन 'सिजी इओन ब्लेज गोल्ड'का ७ विशेषता

[caption id="attachment_26432" align="aligncenter" width="709"]
200cc[/caption]
भदौ - २६ । सिजी मोवाईल्सले नयाँ स्मार्टफोन सिजी इओन ब्लेज गोल्ड नेपाली बजारमा ल्याएको छ । इओन ब्लेजको सफलतापछि सिजीले स्लिम साईजमा एण्ड्रोइडको मार्सम्यालो ६.० अपरेटिङ सिस्टममा सञ्चालन हुने मोवाइल ल्याएको हो ।
८.६ मिलिमिटर पातलो यो मोवाईलमा ५ इञ्चको डिस्प्ले र २.५ डि को आइपिएस रहेको छ । १.३ क्वाड कोर प्रोसेसर रहेको सिजी इओन ब्लेज गोल्डको १६ जिबी स्टोरेज क्षमता छ । स्टोरेजलाई ३२ जिबीसम्म बनाउन सकिने कम्पनीले जनाएको छ ।
१३ मेगापिक्सलको रियर तथा पाँच मेगापिक्सलको फ्रन्ट क्यामरा सहितको ब्लेज गोल्डको मूल्य रु. ८ हजार ८८८ निर्धारण गरिएको छ ।
CG
Smart Phone
