रोबोटले गर्यो आँखाको शल्यक्रिया
भदाै - २६ । संसारमा पहिलो पटक शल्य चिकित्सकको सर्जरीले आँखाको शल्यक्रियाका लागि यन्त्रमानव (रोबोट)को सहायता लिएको छ । यस शल्यक्रियाले आँखाको नानी पुन: फर्काएको हाे । यो रोबोट डच कम्पनीले निर्माण गरेको हो ।
अक्सफोर्ड जोन रेडक्लिफ अस्पतालका डाक्टरको टिमले एक मिलीमिटरको सयौँ हिस्साको मोटो झिल्ली आँखाबाट हटाएको हो । झिल्लीलाई हटाउनको लागि जोय स्टिक नियन्त्रण उपकरणको प्रयोग गरिएको थियो ।
सर्जन टोलीले यो प्रक्रिया मानिसको हातबाट हुने आँखाको शल्यक्रियाको तुलनामा धेरै सजिलोको बाटो खुलेको आशा गरेका छन् । अक्सफोर्डका ७० वर्षीय पादरी बिल बीवरले यसलाई परीको कथा भनेका छन् । बिल बीवरले म अब देख्न सक्छु भनेका छन् । उनले भनेका छन् 'यो लगभग परीको दुनिँयाको कामसरह हो तर यो सत्य हो म भाग्यशाली छु किनकी म यो रोबोटको सहायताबाट आँखाको शल्यक्रिया गराउने संसारको पहिलो व्यक्ति हुँ ।'
शरीरको सामान्य स्थानमा रोबोटको सहायताले शल्यक्रिया गर्नु सामान्य हो तर आँखा जस्तो सवेंदनशील अंगको शल्यक्रिया गर्नु जटिल कार्य मानिएको छ ।
यस सर्जरीलाई सफल पार्नका लागि अक्सफोर्ड विश्वविद्यालयका प्रोफेसर मैकलर्नका अनुसार आँखाको शल्यक्रिया गर्न धेरै सावधानी अपनाउनु पर्दछ रोबोटको प्रयोग गरेर आँखाको शल्यक्रिया गर्नु एक चुनौतीपूर्ण काम हो ।सजर्नहरुले एक पातलो सुईलाई आँखामा चलाउनका लागि जोय स्टिक र टच स्क्रिनको साथै एक माइक्रोस्कोप प्रयोग गरेका थिए ।
सर्जरीको समयमा डाक्टरहरुले सबै प्रक्रियाको ख्याल राखेका थिए । मेकानिक जस्तै काम गर्ने यस रोबोटमा सात मोटर छ । यस रोबोटले अरु सर्जनहरुको हातबाट लाग्ने झट्कालाई रोक्न सक्षम छ ।
robort