Technology

सामसुङ इलेक्ट्रोनिक्सले ग्यालेक्सी नोट सेभेन प्रोयोग नगर्न आग्रह

सामसुङ इलेक्ट्रोनिक्सले ग्यालेक्सी नोट सेभेन प्रोयोग नगर्न आग्रह
samsung-galaxy-note-7-specs भदाै - २६ । विश्वको चर्चित तथा ठूलो स्मार्टफोन् निर्माता कम्पनी सामसुङ इलेक्ट्रोनिक्सले आफ्ना उपभोक्ताहरूलाई ग्यालेक्सी नोट सेभेन प्रोयोग नगर्न र तुरुन्तै साट्न आग्रह गरेको हो । ग्यालेक्सी नोट सेभेनको ब्याट्रीबाट आगलागी भएको नयाँ नयाँ घटनाको सार्वजनिक भएसँगै शनिबार आफ्नो वेवसाइटमा विज्ञप्ती प्रकाशित गरी कम्पनी यस्तो आह्वान गरेको हो । अमेरिकाले ग्यालेक्सी नोट सेभेनका उपभोक्ताहरूलाई हवाइ उडानका क्रममा स्विच अफ गर्न, चार्ज नगर्न निर्देशन गरेपछी यस्तो आह्वान गरेको हो । अमेरिकाको कदम पछ्याउदै विश्वका अन्य एयर लाइन्सहरूले पनि उडानका क्रममा प्रतिबन्ध लगाएका थिए । भारतले पनि ग्यालेक्सी नोट सेभेनलाई उडानका क्रममा चेकइन ब्यागमा राख्न निषेध गरेको छ । हाते झोलामा स्विचअफ गरेर भने लैजान पाईनेछ । केही थान नोट सेभेनमा आगो लागेपछि सामसुङले विश्व बजारबाट सेट फिर्ता लिने निर्णय गरेको थियो ।

note seven Samsung Smart Phone

विशेष