खेल

आर्सनललाई इन्जुरी समय फलदायी, साउथह्यामप्टनलाई २–१ ले हरायो

आर्सनललाई इन्जुरी समय फलदायी, साउथह्यामप्टनलाई २–१ ले हरायो
premear-ledgue भदौ – २६ । गएको वर्षको इंग्लिस प्रिमियर लिगको उपविजेता आर्सनलले जित हात पारेको छ । आर्सनलले साउथह्यामप्टनलाई २–१ ले हरायो । शनिबार भएको खेलमा आर्सनललाई इन्जुरी समय फलदायी बनेको छ । १८ औँ मिनेटमा आर्सनलका पेट्र सेजले आत्मघाती गोल गरेपछि साउथह्यामप्टनलाई सुरुवाती अग्रता मिल्यो । तर २९औँ मिनेटमा लरेन्ट कासिएल्नीले आर्सनलका लागि बराबरी गोल फर्काए । त्यसपछि अन्तिम समय सम्म १–१ को बराबरी खेलमा इन्जुरी समयमा पाएको पेनाल्टीलाई सान्टी काजोलाले गोलमा परिणत गरेर जित हात पारेको हो । यस खेलबाट ३ अंक जोड्दै चार खेलबाट सात अंक जोडेको आर्सनल छैटौँ स्थानमा उक्लिएको छ । साउथह्यामप्टन भने २ अंकका साथ १८औँ स्थानमा छ ।

arsanal Premier leauhe

विशेष