
भदौ–२६ । इंग्लिस प्रिमियर लिग अन्तर्गत शनिबार भएको खेलमा लिसेस्टर सिटीले दोस्रो पराजित व्यहोरेको छ ।
साविक विजेता लिसेस्टर सिटीलाई लिभरपुलले ४–१ गोलको फराकिलो अन्तरले हराएको हो ।
लिभरपुल जित दिलाउने क्रममा रोबर्टो फिर्मिनोले दुई तथा साडिओ माने र एडम लालनले एक एक गोल गरे भने लिसेस्टरका लागि जेमी भर्र्डीले सान्त्वना गोल फर्काएका थिए ।
जितपछि लिभरपुल सात अंकसहित पाँचौं स्थानमा उक्लिएको छ भने चार खेलबाट चार अंक मात्रै जोडेको लिसेस्टर सिटी १५ औं स्थानमा छ ।
english premer ledgue
liverpool