मनोरञ्जन

ओरुसाले चुमिन मिस टुरिजम–२०१६ को उपाधी

ओरुसाले चुमिन मिस टुरिजम–२०१६ को उपाधी
miss-turisom भदाै - २६ । प्वाईन्ट मिडिया प्रा.लि.ले आयोजना गरेको “मिस टुरिजम–२०१६” को उपाधी ओरुसा थापा मगरले हात पारेकी छन् । त्यसैगरी मिस टुरिजम–२०१६ फस्ट रनर अपमा जेनी अमात्य र मिस टुरिजम–२०१६ सेकेण्ड रनर अपमा शर्मिला तामाङ विजयी भईन् । नेपाल पर्वतारोहण संघका अध्यक्ष आङछिरिङ शेर्पाले प्रतियोगीहरुलाई पाँच प्रश्नहरु राखेका थिए । तिनै प्रश्नको जवाफका आधारमा उत्कृष्ठ तीनको छनोट गरिएको थियो । miss-turisom-1 मिस टुरिजम–२०१६ मा मिस डिसिप्लिन शर्मिला तामाङ, मिस ईन्टेलिजेन्ट सुमिला श्रेष्ठ, मिस पब्लिक च्वाईस हिरामाया श्रेष्ठ, मिस स्माईल खुश्वु चौधरी, मिस ट्यालेन्ट विपना प्रजापति,मिस फिगर ईशा छन्त्याल,मिस पर्सनालिटि ओरुसा थापा मगर,मिस फोटोजेनिक सुरुचि पन्त, मिस फ्रेण्डसिप मनिसा गिरी, मिस वाक जेनी अमात्यले उपाधी जितिन । miss-turisom-2 मिस टुरिजम–२०१६ का विजेताहरुलाई क्रमशः नगद पचास हजार, तीस हजार, बीस हजार प्रदान गरियो । गोदावरिको होटल भ्यु भृकुटीमा आयोजित फाईनलमा सहरी विकास मन्त्री अर्जुनरसिंह केसी, नेकपा एमालेका पर्यटन विभाग प्रमुख सुर्य थापा, वरिष्ठ पर्यटन व्यवसायिहरु लगायतको उपस्थिति थियो । कार्यक्रममा सिने गुरुङ लगायतका कलाकारहरुको पनि विशेष प्रस्तुतीहरु रहेको थियो ।

Miss Tourism 2016 Miss-Tourism

विशेष