क्यान्सरका लक्षण र समाधानका उपाय


हाम्रो शरीरको कुनै पनि भागमा रहेका कोषहरु सामान्य भन्दा अनियन्त्रित रुपले बढ्दै जानुलाई नै सजिलो भाषामा क्यान्सर भनिन्छ । यसलाई नेपालीमा अर्बुद भनिन्छ । यसले असर गर्ने अंग र यसको प्रकृति अनुसार क्यान्सर भिन्न भिन्न रुपले प्रस्तुत हुन्छ । तर अन्त्यमा अन्य सामान्य अवस्थामा रहेको अंगहरुलाई पनि असर गरि पुरै शरिरभरी फैलने गर्दछ । समयमै यसको उपचार हुन नसकेमा ज्यान समेत लिन सक्छ । १.शरीरमा कुनै गिर्खा, डल्लोहरु पलाउनु वा पुरानो गिर्खाहरुको रंग, आकार परिवर्तन हुनु र ठूलो हुदै जानु २.अचानक सामान्य भन्दा दिसा र पिसाब गर्ने वानीमा परिवर्तन आउनु ३.आवाजमा परिवर्तन आउनु वा बोल्न, निल्न कठिनाइ हुनु ४.दिसा, पिसाव गर्दा सँगसँगै रगत बग्नु ५.स्तनमा कुनै किसिमको गिर्खा देखा पर्नु लामो समय खोकी लागिरहनु, ६.सास फेर्न गाह्रो हुनु वा खकारमा रगत देखिनु ७.तौल सामान्य भन्दा घट्नु ८. खान मन नलाग्नु, ९.आलाश्य हुनु र थकाई लाग्नु
क्यान्सरको जाँच कसरी गर्ने ? माथि उल्लेखित कुनै पनि लक्षण देखिएमा तुरुन्त स्वास्थ्य संस्थामा गएर विस्तृत जांच गराउनुपर्छ । लक्षणको प्रकृति हेरेर त्यसैअनुरूप रगत, दिसा, पिसाव, खकार आदिको जाँच गर्न सकिन्छ । साथै आवश्यक परे भिडियो एक्स रे, सिटी स्क्यान वा एम आर आइ गरेर क्यान्सर लागेको हो हैन र त्यसको स्थिति पत्ता लाउन सकिन्छ । क्यान्सर लागेको अंगबाट थोरै मासुको भाग निकालेर गरिने जांचलाई वायोप्सी भनिन्छ । यसले क्यान्सर लागेको हो या हैन भनेर निर्क्योल गर्छ ।
क्यान्सरबाट बच्ने उपाय स्वस्थ जीवनशैली र सन्तुलित खानपान नै क्यान्सरबाट बच्ने महत्वपूर्ण आधारहरु हुन् । कतिपय क्यान्सरहरु पारिवारिक हुने र बुबा आमामा छ भने छोरा छोरीमा पनि देखिने सम्भावना हुन्छ । त्यसको लागि भने नियमित स्वास्थ्य जांच वा त्यस्तो संकास्पद लक्षण देखिएमा परिक्षण गरिहाल्नुपर्छ । धुम्रपान नगर्ने स् सबैभन्दा धेरै मानिसलाई देखिने फोक्सोको क्यान्सरको मुख्य कारण नै धुम्रपान हो । यसले पेट, आन्द्रा, मुत्रथैली आदिको समेत क्यान्सर गराउन सक्ने भएकाले धुम्रपानबाट टाढै बस्नाले धेरै किसिमका क्यान्सरहरुबाट बच्न मद्दत पुराउछ रक्सी सेवन नगर्ने सन्तुलित भोजन सेवन गर्ने नियमित शारीरिक व्यायाम गर्ने र तौल नियन्त्रणमा राख्ने व्यक्तिगत सरसफाईमा विशेष ध्यान दिने यदि माथि उल्लेखित कुनै लक्षण देखिएमा सुरुको अवस्थामामा नै चिकित्सकको सल्लाहमा जाँच गराउनु पर्छ । उपचारको विधीहरु यदि क्यान्सर प्रारम्भिक चरणमै रहेका निम्न विधीबाट उपचार गर्न सकिन्छ शल्यक्रियाः शल्यक्रिया गरेर क्यान्सरले असर गरेको भाग निकाल्न सकिन्छ । केमोथेरापीः विभिन्न औसधीको प्रयोगबाट अनियन्त्रित भइ फैलिरहेको कोषलाई मार्न र फैलिनबाट रोक्न सकिन्छ । रेडियोथेरापीः रेडियोधर्मी विकिरणको प्रयोगबाट पनि अनियन्त्रित भइ फैलिरहेका कोषहरुलाई मार्न र अरु भागमा फैलिनबाट रोक्न सकिन्छ । Cancer laxan samadhanka upaye