समाज

बानेश्वर क्याम्पसमा पुगेर राष्ट्रपति भण्डारीले भनिन् - 'सामुदायिक क्याम्पसले शैक्षिक क्षेत्रका चुनौतीको सामाना गर्नु परेकाे छ'

बानेश्वर क्याम्पसमा पुगेर राष्ट्रपति भण्डारीले भनिन् - 'सामुदायिक क्याम्पसले शैक्षिक क्षेत्रका चुनौतीको सामाना गर्नु परेकाे छ'
भदाै - २६ । बानेश्वर बहुमुखी क्याम्पसको रजतजयन्ती समारोहको अवसरमा आयोजित कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले शिक्षा क्षेत्रमा आएको नयाँ अवधारणाले सामुदायिक क्याम्पसले शैक्षिक क्षेत्रका चुनौतीको सामाना गर्नु परेकाे बताएकी छिन्। baneshor-bahumukhi-college-nepalaaja-2 राष्ट्रपति भण्डारीले सामुदायिक क्याम्पसको अफ्ठ्यारा र चुनौतीलाई सामना गर्न सरकार र संबद्ध निकायको उचित ध्यान जानुपर्ने बताइन् । उनले भनिन् 'समग्र शिक्षा प्रणालीले भोग्नुपरेका समस्याको योजनाबद्ध ढङ्गले निराकरण गर्दै शिक्षा क्षेत्रलाई स्वतन्त्र, हस्तक्षेपमुक्त र सर्वसुलभ कसरी बनाउने भन्ने आजको चुनौती हो ।' शिक्षामन्त्री धनीराम पौडेलले संविधानले शिक्षालाई मौलिक अधिकारका रुपमा अङ्गिकार गरेको अवस्थामा शिक्षालाई सर्वसुलभ बनाउने राज्यको दायित्वमाथि सामुदायिक क्याम्पसले ‘होस्टेमा हैसे’ गर्दै अाइरहेकाे बताए । baneshor-bahumukhi-college-nepalaaja-1 सामुदायिक क्याम्पसलाई आङ्गिक क्याम्पसका रुपमा अघि बढाउनुपर्ने उनकाे भनाइ थियाे । मन्त्री पौडेलले थपे 'उच्च शिक्षा सम्बन्धी राष्ट्रिय नीति र छाता कानुन निर्माणको गृहकार्यमा मन्त्रालय जुटेको छ ।' क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष हरिबोल भट्टराईले मुलक निर्माणका लागि शिक्षा आधारभूत विषय भएको उल्लेखगर्दै शिक्षाले विपन्न वर्गलाई सम्पन्न बनाउने काम गरेको बताए । क्याम्पस प्रमुख घमानसिंह खड्काले क्याम्पसका गतिविधिका बारेमा अवगत गराउँदै आर्थिक रुपमा विपन्न विद्यार्थीलाई बानेश्वर क्याम्पसले गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको बिचार व्यक्त राखे। baneshor-bahumukhi-college-nepalaaja-3 क्याम्पस व्यवस्थापन समितिका सदस्य डा केदार न्यौपानेले सामुदायिक क्याम्पसले भोग्नुपरेको चुनौतीका बारेमा प्रकाश पारे । उनले स्थानीयवासीले क्याम्पस सञ्चालनका लागि गरेको सहयोगको प्रशंसा समेत गरे । baneshor-bahumukhi-college-nepalaaja-4 रजतजयन्तीका अवसरमा क्याम्पस परिसरमा स्तम्भको शिलन्यास गरिनुका साथै रजहाँस स्मारिकाको लोकार्पण गरिएको थियो । baneshor-bahumukhi-college-nepalaaja-5 साे अवसरमा क्याम्पसले सप्ताहब्यापी विभिन्न प्रतियोगितात्मक कार्यक्रम गरेको आयोजना गरेको थियो । उक्त कार्यक्रममा प्रथम, द्वितिय, तृतियलाई हुनेहरुलाई पुरस्कार वितरण गरिएको गरियो । baneshor-bahumukhi-college-nepalaaja-6 बानेश्वर क्याम्पस तत्कालिन प्रधानमन्त्री स्व. कृष्णप्रसाद भट्टराईबाट भएको थियो । बानेश्वर क्याम्पसले विभिन्न संकायमा विहानी, दिवा र बेलुकीका कक्षा संचालन गरिहेका छ । हाल उक्त क्याम्पसमा १८ सयभन्दा वढी विद्यार्थीहरु अध्ययनरत छन् ।

Baneswhwor Campus Bidhyadebi Bhandhari Rastrapati Rastrapati's Story By Netra Paudel Story By Netra Paudel

विशेष