मनोरञ्जन

नेपालमा भारतीय चर्चित गायिका शालमलि आउने

नेपालमा भारतीय चर्चित गायिका शालमलि आउने
shalmali भदौ – २६ । कार्तिक २७ गते हुने लाइभ कन्सर्टलाई भारतीय चर्चित गायिका शालमलि खोलगडे नेपाल आउने भएकी छिन् । गुड ह्युमन अर्गनाइजेसनको आयोजनामा हुन लागेको बलिउड लाइभ कन्सर्टका लागि शालमली खोलगडे नेपाल आउने भएकी हुन् । कन्सर्टमा शालमलीसँगै नेपालका चर्चित संगीत कर्मीहरु रविन एण्ड द न्यु रोभुलेसन्स, काली प्रसाद बास्कोटा, बाबु बोगटी, अल्मोडा राना उप्रेती, सोमिया बाराइली लगायतको पनि प्रस्तुती रहनेछन् । कन्सर्ट आयोजक दर्शक सुनारका अनुसार यसबाट संकलित १५ प्रतिशत रकम भूकम्प पीडितका लागि खर्च गरिनेछ । उनले भने, ’कार्यक्रमको मुख्य उद्देश्य मनोरञ्जन दिनुसँगै समाजिक कार्य गर्नु पनि हो ।’ शालमलीले पछिल्लो समय दारु देसी, लत लगगइ, बलम पिचकारी, शुद्ध देशी रोमान्स, हे मिस्टर डिजे, बेसर्मीकी हाइट, बेबीको बेस पसन्द हे जस्ता हिट गीत गाइसकेकी छिन् ।

salmali kholgade

विशेष