‘धेरै कष्ट व्यहोरे तर हार कहिल्यै खाइनँ’– अमिर
क्रिकेट खेल्दा सबैभन्दा बढी कुन अंगको प्रयोग हुन्छ ? पक्कै पनि हातको प्रयोग सबैभन्दा बढी गरिन्छ । त्यसो हो भने के दुबै हात नभएको व्यक्तिले पनि क्रिकेट खेल्न सक्छन् होला त ? यदि सक्दैन भन्ने लाग्छ भने तपाई गलत हुनुहुन्छ ।
यसका प्रत्यक्ष उदाहरण भारतका अमिर हुसैन हुन् । जो क्रिकेट खेलाडि मात्र होइनन्, उनी जम्मू र कश्मीर पारा–क्रिकेट टिमका क्याप्टेन पनि हुन् । १९९७ मा जन्मेका उनी आठ वर्षको हुँदा आफ्नै बुबाको ब्याट बनाउने कारखानामा दुबै हात गुमाए । त्यसपछि झण्डै तीन वर्षसम्म उनी ओछ्यान परे । उनले कारखानाको स्विचहरुसँग खेल्दासामान बोक्ने बेल्टमा परेर दुवै हात गुमाएका हुन् ।
उनले भने, ‘ म १९९७ मा कारखानामा दुर्घटनामा परे जब म दुई कक्षामा पढ्दै थिए । त्यसबेला कारखानामा कोही पनि थिएनन् । म त्यहाँ दाजुलाई खाजा पुर्याउन गएको थिए । म मेसिनमा खेल्दै थिए त्यति नै बेलामा मेरा दुवै हात मेसिनको बेल्डमा अल्झिए । जसका कारण मेरा दुवै हात गुम्न पुगे । ’
तर, क्रिकेट लिजेण्ड सचिन तेन्दुलकरका फ्यान अमिर क्रिकेटको नाम सुन्ने वित्तिकै जुरुक जुरुक हुन्थे । त्यसैले होला सायद ओछ्यानबाट उठेपछि उनको क्रिकेटको भूत फेरि सवार भयो । बीबीसीसँग कुरा गर्दै उनले आफ्नो विगत सम्झँदै भने, एक दिन भारत र पाकिस्तानको म्याच भइरहेको थियो । म सचिनको ब्याटिङ हेर्न उत्सुक थिएँ । म्याच हेर्नको लागि छिमेकीको घरमा जान्थेँ । सचिनले चौका वा छक्का हान्थे म जोड जोडले चिच्याउँथे, मैल यसरी कराएकोे छिमेकीलाई मन परेन, उसले मलाई कोठाबाट बाहिर निकालिदियो ।’
यहि घटनाले अमिरको जिन्दगीमा परिवर्तन ल्याइदियो । त्यसपछि उनले फैसला गरे कि अब क्रिकेटमा केही गरेर देखाउँछु । त्यसपछि उनी क्रिकेटको अभ्यास गर्न थाले ।
‘हजुरआमाले बल फ्याँक्नुहुन्थ्यो, म खुट्टाले बल समाउँथे । धेरै दिन यो प्रक्रिया चल्यो । त्यसपछि म गाउँका साथीहरुसँग क्रिकेट खेल्न थालेँ,’ उनले भने । त्यसपछि उनी गाउँबाट निक्लिएर कलेजमा क्रिकेट खेल्न थाले । बिजबेहडा कलेजमा उनले पहिलो म्याच खेल जहाँ उनी ३० रन बनाउन सफल भए ।
एन्डि टिभिका अनुसार अमिरले क्रिकेट ब्याट, घाँटी र गालाको सहयोगमा समात्छन् र खेल्छन् । साथै खुट्टाले बलिङ गर्छन् ।
‘मैले जीवनमा धेरै कष्ट व्यहोरे तर कहिल्यै हार खाइन’, अमिरले भने । ब्याटिङ र बलिङ गर्न सक्ने अमिरले थपे, ‘ मैले आफूले हात गुमाए पनि अन्य उपायबाट आफूलाई सक्षम बनाउन कोशिस गरे ।’ उनले क्रिकेट प्रतिको मायासँगै आफ्नो जीवनलाई आत्मनिर्भता बनाउने अघि बढे । उनले आफ्नो खुट्टा बाट बलिङ मात्र नभई लेख्न, कपडा बदल्न, दाह्री–जुङ्गा काट्ने काम पनि गर्छन् ।
‘उनी कसै माथि निर्भर छैनन् । उनले सबै काम आँफै गर्छ ।’ अमिरका बुबा बसिरले भने ।
हाल भारत स्वशासित कश्मिर निवासी अमिर १२ कक्षामा पुगेपछि घरको आर्थिक अवस्था कमजोर भएका कारण पढाइ छाड्न बाध्य भए । तर उनको खेल क्षमता बाट प्रभावित भएर डिग्री कलेजमा भर्ना हुने अवसर पाए । अमिर सन् २०१३ मा पहिलो पटक कश्मिर बाहिर लखनउमा म्याच खेल्न गए । त्यसपछि उनी दिल्लीमा खेल्न पुगे । उनी काँधमा ब्याट राखेर खेल्छन् । अर्काे रोचक कुरा अमिर ब्याटिङ मात्रै गर्दैनन् । उनी खुट्टाले बलिङ पनि गर्छन् । हाल उनी शारिरिक रुपमा असक्त भएकाहरुको जम्मु कश्मिर पारा क्रिकेट टिमका कप्तान छन् ।
amir hussein
Cricket
India