खेल

विक्रम रियो पाराओलम्पिकमा पहिलो चरणबाटै बाहिरिए

विक्रम रियो पाराओलम्पिकमा पहिलो चरणबाटै बाहिरिए
bikram भदौ – २६ । नेपालका विक्रम राना रियो पाराओलम्पिकको पहिलो चरणबाटै बाहिरिएका छन् । ब्राजिलको रियो दी जेनेरियोमा १ सय मिटर दौडमा राना १८ जना भाग लिएका मध्ये पुछारमा रहे । उनी भन्दा पछाडि रहेका २ खेलाडीले भने दौड नै पूरा गरेनन् । विक्रमले निर्धारित दूरी १३ दशमलव ०२ सेकेण्डमा पूरा गरेका हुन् । ११ दशमलव ७० सेकण्डको समय निकाल्ने खेलाडी भने दोश्रो चरणमा प्रवेश गर्न सफल भएका छन् । बैतडीका ३७ वर्षे रानाले चार वर्षअघि लण्डन ओलम्पिकमा २ वटा स्पर्धामा भाग लिएका थिए । उनले लण्डनमा १ सय मिटर दूरी १२ दशमलव ८१ सेकेण्डमा र २ सय मिटर दूरी २६ दशमलव ९५ सेकेण्डमा पूरा गर्दै दक्षिण एशियाली कीर्तिमान कायम गरेका थिए । नेपाली सेनामा आबद्ध भएका रानाले द्वन्द्वका क्रममा आँखा गुमाएका थिए । उनी दृष्टिविहिन क्रिकेट खेलाडी पनि हुन् । पाराओलम्पिकमा अब पौडीमा लक्ष्मी कुँवरले खेल्न बाँकी छ । उनले आउँदो शनिबार १ सय मिटर फ्रिस्टायलमा प्रतिस्पर्धा गर्ने छन् ।

bikrm rana rio pr olyampik

विशेष