समाज

साटाको अध्यक्षमा थापा निर्वाचित

साटाको अध्यक्षमा थापा निर्वाचित
thapaभदौ – २६ । सिद्धार्थ एशोसियसन अफ ट्राभल एण्ड टुर एजेन्ट (साटा) को अध्यक्षमा चन्द्र थापा निर्वाचित भएका छन् । साटाको शनिबार सम्पन्न ८ औं अधिवेसन तथा १७ औं साधरणसभाले थापालाई निर्वाचित गरेको हो । पूर्वअध्यक्ष सन्जय बजिमय र थापाबीच चुनावी प्रतिसपर्धा भएको थियो । बजिमयलाई ४ मत अन्तरले थापाले पराजित गरेका छन् । साटाको बरिष्ठ उपाध्यक्षमा सुन्दर बहादुर छेत्री, उपाध्यक्षद्वयमा गोबिन्द सिह र उपाध्यक्ष दिनेश मल्ल, महासचिबमा मुकेश श्रेष्ठ, सचिबमा उमाशंकर मिश्र , कोषाध्यक्ष अन्जन श्रेष्ठ र सह कोषाध्यक्षमा अंकित जयसवाल चयन भएका छन् । यसैगरी सदस्यहरुमा केशब अधिकारी , ज्ञानु माया पोखरेल र सुजित श्रीवस्तव भएका छन् । अध्यक्ष बाहेक अन्य पदमा निर्बिरोध सर्वसममत भएको थियो । नवनिर्वाचित अध्यक्ष थापा एमाले निकटका पर्यटन व्यवसायी हुन् । अध्यक्ष थापाले सबैलाई मिलाएर पर्यटन व्यवसायीकोलागी काम गर्ने जनाएका छन् ।

Chand Thapa SATA

विशेष