देश

बाँकेको चिसापानीमा यात्रुबाहक बस दुर्घना, १२ घाइते, सातको अवस्था गम्भीर

बाँकेको चिसापानीमा यात्रुबाहक बस दुर्घना, १२ घाइते, सातको अवस्था गम्भीर
car-accident-graphic-demoभदौं –२६ । रत्न राजमार्ग अन्तरगत बाँकेको चिसापानी – ४ मा यात्रुवाहक बस दुर्घटना भएको छ । दुर्घटनामा १२ जना घाइते भएका छन् । सात जनाको अवस्था गम्भीर रहेको छ । नेपालगञ्जबाट सुर्खेका लागि छुटेको ना३ख ४७५५ नम्बरको बस बेलुका पौने ६ बजेतिर दुर्घटनामा परेको हो । बस बाँकेको कोहलपुरभन्दा झण्डै २० किलोमिटर उत्तर देउराली डाँडा नजिकै सडक किनारमा चिप्लिएर दुर्घटनामा परेको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । इलाका प्रहरी कार्यालय कोहलपुरका अनुसार बसमा ३२ जना यात्रु रहेकोमा १२ जना घाइते भएका छन् । घाइते भएका मध्ये चालकसहित सात जनाको अवस्था गम्भीर रहेको छ । घाइतेहरुको शिक्षण अस्पताल कोहलपुरमा उपचार भइरहेको छ ।

Bank road accident Road Accident in Bank

विशेष