स्मार्टफोन पड्किनुको रहस्य
स्मार्ट फोनहरु पड्केका थुप्रै खबर सुनिसकेका छौँ । आखिर स्मार्ट फोनहरुको किन पड्किन्छ र यसलाई कसरी सुरक्षित राख्न सकिन्छ त ?
–स्मार्टफोनको ब्याट्रि लिथियम आयनले बनेको हुन्छ जुन भुईँमा खस्यो भने फुट्न सक्छ र हामी सबैका लागि खतरनाक हुन सक्छ । यदी स्मार्टफोनमा सस्तो ब्याट्री प्रयोग गरिएको छ भने पनि ब्याट्री फुल भएपछि त्यो ब्याट्री नभएर सानोतिनो बम पनि बन्न सक्छ ।
–उत्पादनकै क्रममा जसरी स्मार्टफोनको प्रोसेसिङको क्षमता बढाइएको छ ब्याट्री टेक्नोलोजी त्यहि रफ्तारमा सुधार हुन नसक्दा पनि ब्याट्रीमा खराबी आइ बिस्फोट हुने गर्दछ ।
–मल्टि विन्डोमा काम गर्ने खालको स्मार्टफोनको ब्याट्रीमा जहिलेपनि बढी लोड पर्ने गर्छ । यसकारण फोनको भित्रको तापक्रम बढ्न गई सर्ट–सर्किट भएर खतरा बन्न सक्छ ।
–कुनै पुराना ब्याट्रीलाई धेरै चार्ज गरियो भने पनि बिस्फोट हुने खतरा हुन सक्छ । आजकल स्मार्टफोनमा जुन खालको ब्याट्री आएको छ त्यसमा चार्ज पूरा हुने वित्तिकै अटोमेटिक चार्जिङ बन्द हुने र चार्जर डिस्कनेक्ट हुने हुँदा ब्याट्रीमा असर गर्न पाउँदैन । तर चार्ज पूरा भएपछि चार्जर डिस्कनेक्ट गर्नु नै उत्तम हुन्छ ।
–ब्याट्रीमा बिजुलीको चार्जको रफ्तार बढी भएका बेला स्मार्टफोन तत्काल तातिन्छ र यस्तो बेला चार्ज गर्दै फोनमा कुराकानी गर्नु घातक हुन जान्छ ।
–कम्पनीले दिएको भन्दा अन्य मिल्ने चार्जरबाट चार्ज गर्दा पनि ब्याट्रीमा क्षति पुग्ने बढी संभावना हुन्छ । ओछ्यानमा र सिरानी मुनी राखेर फोन चार्ज नगर्नु राम्रो हुन्छ । निन्द्रामा थिचियो भने ठूलो दुर्घटना हुन सक्छ ।
Mobile Battery life
Mobile blast