एसियाली जुनियर जुडो च्याम्पियनसिपमा फुपुलाई कांस्य

भदाै - २६ । दसौं एसियाली क्याडेट तथा सत्रौं एसियाली जुनियर जुडो च्याम्पियनसिपको जुनियरमा नेपालकी फुपु ल्हामु खत्रीले आइतबार कांस्य पदक जितेकी छन् ।
भारतको केरलास्थित कोचीमा भएको प्रतियोगिताको महिला ६३ केजीमुनि फुपुले इरानकी खेलाडीलाई सिनेवाजाका आधारमा पराजित गर्दै कांस्य जितेकी हुन् ।
१२ औं दक्षिण एसियाली खेलकुद (साग) की स्वर्ण विजेता फुपुसंगै उज्वेकिस्तानकी खेलाडी संयुक्त रुपमा तेश्रो भएका थिए । कोरिया र काजाकिस्तानका खेलाडी क्रमशः पहिलो र दोश्रो स्थानमा रहे ।
प्रतियोगितामा नेपालको यो दोश्रो पदक हो । यसअघि क्याडेटतर्फ नेपालकी मनीता श्रेष्ठ प्रधानले महिला ५२ केजीमुनि नेपाललाई कांस्य दिलाएकी थिइन् । प्रतियोगिता आइतबारै सम्पन्न भएको छ ।
Karate
phupu lamhu
Phupu Lyamu
