खेल ताजा खबर

चेल्सीको विजयी यात्रामा बिराम

चेल्सीको विजयी यात्रामा बिराम

chelsi भदौ २७ । इंग्लिस प्रिमियर लिगमा चेल्सीको विजयी यात्रा रोकिएको छ । अघिल्ला तीन खेल जितेको चेल्सी आइतबार राति भएको खेलमा स्वान्सी सिटीसँग २–२ को बराबरीमा रोकियो । चेल्सीलाई हारबाट जोगाउन डिएगो कोस्टा नायक बने ।

chelsii

१८ औं मिनेटमा कोस्टाले गोल गर्दै चेल्सीलाई सुरुवाति अग्रता दिलाए । पहिलो हाफमा चेल्सीले १–० को अग्रता लियो । तर ५९ औं मिनेटमा पाएको पेनाल्टीमा स्वान्सीका ग्यल्फी सिगुर्डसनले बराबरी गोल फर्काए । त्यसको तीन मिनेटपछि लिरोय फरले गोल गर्दै स्वान्सीलाई २–१ को अग्रता दिलाए । हारको नजिक पुगेको चेल्सीका लागि कोस्टाले ८१ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै खेल २–२ को बराबरीमा ल्याए ।

english premer ledgue

विशेष