कभर स्टोरी

विखण्डनवादी नारा मेटाउने काम हाम्रो होइन–एसएसपी, ‘तत्काल मेटाइन्छ’– प्रजिअ

विखण्डनवादी नारा मेटाउने काम हाम्रो होइन–एसएसपी, ‘तत्काल मेटाइन्छ’– प्रजिअ

madhesh-sarkar-nepalaaja-2भदौ २७ । रुपन्देहीका प्रहरी प्रमुख एसएसपी बुद्धिराज गुरुङले सरकारी कार्यालय र सार्वजनिक स्थलमा लेखिएका विखण्डनवादी नारा हटाउँने जिम्मेवारी प्रहरी नभएको बताएका छन् । मधेस सरकारका नाममा लेखिएका होर्डिङ बोर्ड महिनौंसम्म किन हटाइएन भन्ने प्रश्नमा गुरुङले पुलिसको जिम्मेवारीमा नपर्ने भएकाले नहटाइएको भन्ने जवाफ दिए । नेपाल आजसँगको कुराकानीमा एसएसपी गुरुङले पुलिसले शान्ति सुरक्षा सन्दर्भमात्र जान्ने जनाए । प्रहरी पोष्टमा लेखिएको मधेश सरकार मेटाउँन अरु नै आउनुपर्ने हो भन्ने प्रश्नको जवाफमा एएसपी गुरुङले भने, ‘जसले लेखेको हो उसैले मेटाउनुपर्ने ।’

तराईका जिल्लाका सरकारी कार्यालय र सार्वजनिक स्थलमा विखण्डनवादी नारा छ्याप्छ्याप्ती लेखिएको छ । यसैबारेमा नेपाल आजले खोजमूलक समाग्री प्रकासित गरेको थियो । रुपन्देहीका प्रमुख जिल्ला अधिकारी बिष्णुप्रसाद ढकालले समाचारका कारण आफुहरुको ध्यानाकर्षण भएको जनाउँदै उनले होर्डिङ बोर्ड हटाउँने र पेन्टिङ मेटाउँने प्रतिवद्धता व्यक्त गरे । उनले भने, ‘सरकारी कार्यालयमा लेखिएका त्यस्ता नारा हटाइसकेका छौँ । बचेखुचेका र अन्य सार्वजनिक स्थलमा लेखिएका नारा तत्काल हटाउँछौँ ।’

कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी इन्दु अधिकारीले आफ्नो जिल्लाभित्रमा लेखाइएका त्यस्ता नारा तत्काल हटाउँन लगाउने बताइन् । कपिलवस्तुका डिएसपी प्रल्हाद कार्कीले नेपालको अखण्डताका बिरुद्धमा जाने छुट कसैलाई नदिइने स्पष्ट गरे । कस्ले के भने ?

बुद्धिराज गुरुङ, एसएसपी, रुपन्देही मधेसी दलहरुले आन्दोलनको क्रममा के के लेखे, त्यो उनीहरु आफैंले मेटाउनु पर्ने हो । जसले फोहोर गर्छ, सफा गर्ने जिम्मा पनि उसैको हो । बिरोध गर्न पाउनु स्वभाविक हो, तर त्यसले अरुलाई असर गर्नु हुदैन । कुनै ठाऊँमा केही लेखिएको भए मेटाउने जिम्मा समबन्धित गाविस तथा नगरपालिकाको हो । पुलिसको जिम्मा शान्ति सुरक्षा कायम राख्नु हो , होडिङ बोर्ड हटाउँदै हिड्ने होईन । देशकै लागि राजनीति गर्छु भन्नेले नै लेखेका हुन, त्यसको दायित्व त उनीहरुको हो ।

14328806_10206867532435857_1073463499_nविष्णु प्रसाद ढकाल, प्रमुख जिल्ला अधिकारी, रुपन्देही हामीले सरकारी कार्यलयको नाम भएको ठाउमा मधेस सरकार लेखेको भर्खर मात्र हटाईसकेका छौँ । यती ढिलो हटाउनुको कारण भनेको  फेरि उनीहरुले आएर मधेस सरकार लेख्छन् भनेर हो । अझै पनि सडक पुल पुलेसोमा मधेस सरकार लेखेको बोर्डहरु छ  । त्यो विस्तारै हटाउँदै जाने हो । उनीहरुले लेख्न नपाइ हटायौँ भने, झडप हुँने स्थिति आउँछ । हरेक परिवर्तन विस्तारै हुन्छ । उनीहरुले लेख्दैमा नेपाल सरकार मधेस सरकार हुँने होइन । नेपाल सरकार नेपाल सरकार नै रहन्छ । नेपाल सरकारको जे नियम कानुन छ, त्यही अनुसार कार्यलय तथा प्रसाशनहरु छन् ।

14330987_10206867531595836_1737219939_nईन्दु घिमिरे, कपिलवस्तु, प्रमुख जिल्ला अधिकारी मधेस सरकार लेखेको विषयमा हाम्रो ध्यानार्कषण भएको छ । यो कसले हटाउने, हटाउन कसले पहल गर्ने भन्दा पनि जहाँ जसको कार्यलयमा लेखेको त्यसले हटाउने हो । हामीले मुख्य मुख्य ठाऊँमा हटाउन पहल गर्छौँ । यो भन्दा अघि किन हटाइएन ? मैले यसै भन्न सकिनँ । जानकारी नभएर हो, या चासो नदिएर हो त्यो थाहा भएन । यसमा कसैको ध्यान नै पुगेन, कसैले आफ्नो कर्तव्य ठानेन त्यसैले हटेन । अब हाम्रो ध्यानाकर्षण भएको छ, हामी हटाउछौं । यो हटाउन आ–आफ्नो ठाऊँबाट सबैले पहल गर्नुपर्छ ।

प्रल्हद कार्की, डिएसपी, कपिलवस्तु सार्वजानिक ठाउमा त्यस्तो बोर्ड राख्न पाईदैन । देशमा एउटै मात्र सरकार छ नेपाल सरकार, यसमा कसैको दुईमत छैन । मानसिक विचलन र दरिद्र मनस्थितिका मान्छेहरुले लेख्दै हिडे भन्दैमा मदेश सरकार भनेर भ्रम पर्नु हुदैन । विखन्डनवादीहरुले जे पनि भन्छन् ,जे पनि लेख्छन् । जसले जे भने पनि जे लेखे पनि नेपाल नेपाल नै रहन्छ ।

त्यो बोर्ड हटाउन हामीले पहल गरिरहेका छौं । जे जति ठाऊँमा छ अब हटाउछौँ । हामीलाई त्यो बोर्ड नहटा भनेर दबाब दिन कसैले सक्दैन । हामी सबै बोर्डहरु हटाउन सक्छौ । आन्दोलनको क्रममा विरोधस्वरुप लेखेका थिए । आन्दोलनकारीहरुले हटाएनन् । अब हामी मधेस सरकार लेखिएको मेटाउँछौँ र नेपाल सरकार बनाउछौँ । उनीहरुले लेख्दैमा केही हुँने होइन । प्रस्तुतिः सागर बुढाथोकी

Madesh sir

विशेष