मनोरञ्जन

जवानीको जोशमा होस गुमाए सुरजसिंह ठकुरीले (भिडियोसहित)

जवानीको जोशमा होस गुमाए सुरजसिंह ठकुरीले (भिडियोसहित)

suraj भदौ २७ । प्रेमको नशामा डुबेर कामुकता प्रदर्शन गरिएको गीत ‘म हराए’मा मोडेल सुरजसिंह ठकुरी र मरिस्का पोखरेलले हट अभिनय गरेका छन् ।

गायक दीपक गुरुङले नयाँ गीत र म्युजिक भिडियोमा सुरज र मनिस्कालाई यस्तो अवसर दिएका हुन् । यही बोलको गीतको म्युजिक भिडियो लिएर गायक गुरुङ सांगितिक आकाशमा उदाएका हुन् ।रोमान्टिक र मेलोडियस रहेको उनको गीतमा चर्चित मोडेल सुरजसिंह ठकुरी र मरिस्का पोखरेलको दमदार प्रस्तुति दिएका छन् ।

गीतको म्यूजिक भिडियोलाई जीवन थापाले निर्देशन तथा सम्पादन गरेका छन् भने धीरजजंग शाहले छायांकन गरेका छन् । यस्तै शैलेन्द्रमान महर्जन बाबुले एरेन्ज गरेका छन् ।

https://youtu.be/k-yJ-T_9U-I

Surajsing Thakuki

विशेष