खेल

शून्यबाट सुरु गर्न मेस्सीले कपाल रंग्याए

शून्यबाट सुरु गर्न मेस्सीले कपाल रंग्याए
messyभदौ–२७ । विश्वको सबैभन्दा चर्चित खेलाडी अर्जेन्टिनाका लिओनल मेसीलाई अहिले नयाँ रुपमा देख्न सकिन्छ । अहिले उनले आफ्नो कपाल रंग्याएका छन् र पहिले भन्दा पुरै फरक देखिन्छन् । उनले विगतमा सामना गर्नुपरेको थुप्रै विवादका कारण आफूले नयाँ सुरूवात गर्न कपाल रंगाएको स्पष्ट पारेका छन् । पहिले मेसीको अनुहार सामान्य थियो र कालो कपालमा छोटो ‘हेयर कट’ मा मैदानमा देखा पर्थे । तर, गत जुनमा उनकी प्रेमिका आन्टोनेला रोक्युजोले इन्स्टाग्राममा बदलिएको मेसीको अनुहार सार्वजनिक गरेकी थिइन् । जसमा मेसीको कपाल पहिलो पल्ट सुनौलो देखिएको थियो । केही समयअघि अर्जेन्टिना पुगेका मेसीले स्थानीय टेलिभिजनसँग भने–‘मैले आफ्नो अनुहार परिवर्तन गर्नुको कारण म जीवन शुन्यबाट सुरुवात गर्न चाहन्छु । मैले यसअवधिमा थुप्रै विवादको सामना गर्नु प¥यो ।’ २९ वर्षिय मेसीले कोपा अमेरिकाको फाइनलमा पराजय भोगेपछि एक्कासी अन्तराष्ट्रिय फुटबलबाट सन्यास लिएका थिए । अर्जेन्टिनी राष्ट्रपतिको आग्रहपछि मेसी पुनः राष्ट्रिय टोलीमा फर्किएका छन् । एक साताअघि अन्तराष्ट्रिय फुटबलमा फर्किने क्रममा मेसीले उरुग्वेविरूद्ध विश्वकप छनोट खेलमा विजयी गोल गरेका थिए ।

Argentina Football Team Messy

विशेष