समाज

वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार नियन्त्रण विधेयक स्वीकृत

वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार नियन्त्रण विधेयक स्वीकृत
भदौ – २७ । बैठकबाट ‘सङ्कटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तर्रा्ष्ट्रिय व्यापार नियन्त्रण विधेयक, २०७२ लाई दफाबार छलफलका लागि सम्बन्धित समिति पठाउने प्रस्ताव स्वीकृत भयो । वन तथा भू–संरक्षणमन्त्री शङ्कर भण्डारीले सो प्रस्ताव प्रस्तुत गरेका हुन् । bicc यसैगरी, कृषि विकासमन्त्री गौरी शङ्कर चौधरीले ‘अन्तर्रा्ष्ट्रिय कफी सङ्गठन, २००७’ को पक्ष राष्ट्र बन्ने सम्बन्धी अन्तर्रा्ष्ट्रिय सन्धि (एग्रिमेन्ट अन इन्टनेसनल कफी एग्रिमेन्ट) माथि संक्षिप्त वक्तव्य दिए । सन्धिपछि नेपालमा सो क्षेत्रमा लगानी बढाउन सकिने बताउँदै उनले अन्तर्राष्ट्रियस्तरमा नेपाली कफीबारे जानकारी गराउने अवसर मिल्ने जानकारी दिए । संसद्को अर्काे बैठक यही भदौ २९ गते बुधबार बिहान ११ बजे बस्नेछ ।

Banaspati Bidhyak BICC

विशेष