सलमान बारे कट्रिनाको नयाँ खुलासा

भदौ – २७ । कुनै समय बलिउडका सुपरस्टार सलमान खान र कट्रिनाको प्रेम प्रसङगले सञ्चारमाध्यममा राम्रै चर्चा पाएको थियो । उमेरले ४५ नाघिसकेका सलमानको जीवनमा कुनै पनि प्रेमिका स्थायी रहन सकिनन् । अनन्त यी दुईको पनि बिछोड भयो । सलमान रसियन युवती लुलिया भन्तुरसगँ नजिकिन थाले भने कट्रिना पनि रनबीर कपुरसगँ नजिकिन थालिन् ।
पछिल्लो समय कट्रिना जब आफ्नो फिल्म फितूरको प्रोमोसनको लागि बिग बोस सिजन ९मा पुगिन् त्यहाँ उनलाई इन्डस्ट्रिमा कसले परिवारको बोध गराउँछ भन्ने प्रश्न गरियो । उक्त प्रश्नको उत्तरमा कट्रिनाले बिना कुनै हिच्किचाहट सलमान खान आफ्नै परिवारजस्तो लाग्ने प्रतिक्रिया दिएको भारतीय मिडियाले जनाएको छ ।
सलमान कट्रिना प्रेमिप्रेमिका नभए पनि साथी साथीको सम्बन्धमा रहँदै आएका छन् । रनबीर र कट्रिना पनि अहिले एकसाथ छैनन् ।
Katrina Kaif
Katrina Kaif-Salman Khan
salman khan
