मनोरञ्जन

सञ्चार माध्यममा आएको समाचारप्रति माग्ने वुढाद्वारा खण्डन

सञ्चार माध्यममा आएको समाचारप्रति माग्ने वुढाद्वारा खण्डन
kedar-ghimireभदौ – २७ । हाँस्य कलाकार केदार घिमिरे (माग्ने बुढो) बिरामी छन् । डिप्रेसन भएको र त्यसमा पनि उनका साथी धुर्मुसले उनलाई सहयोग नगरेकाले डिप्रेसनमा परेको भनेर सञ्चारमाध्यममा टिकाटिप्पणी भएको थियो । बिरामी माग्ने बुढा आइतबार आफ्नो फिल्म छक्का पञ्जा हेर्न हलसम्म पुगे । हलमा पत्रकारसँग कुरा गर्दै उनले आफूलाई डिप्रेसन भएको समाचारको खण्डन गरेका हुन् । आफ्नो स्वास्थमा सुधार आएको केदार घिमिरेले दिएका छन् । मिडियाले धेरै कुराहरु बढाई चढाई गरेको उनले व्यक्त गरे । आफूलाई कन्फिडेन्ट कम हुने, भुईचालो आयो जस्तो महशुश हुने, बाटोमा हिँड्दा पछाडिबाट ठूलो स्वरमा हर्न बजाए टाउको ठोकियोजस्तो हुने उनले बताए । केदारका अनुसार एकदिन त यस्तै भएर चलिरहेको मोटरसाइकलबाट पनि फाल हानेको बताए । धुर्मुसले सहयोग नगरेर डिप्रेसनमा गएको कुरालाई खण्डन गर्दै उनले भने, ‘एकले अर्कालाई सहयोग नगर्दैमा डिप्रेसनमा जाने भइदिएको भए कांग्रेस जति सबै डिप्रेसनमा जालान् ।’ अन्त्यमा उनले ब्यांग्य गर्दै भने – जे पायो त्यहि समाचार लेख्नेलाई पनि धन्यबाद छ । त्यसले गर्दा फिल्म छक्का पञ्जालाई पनि फाइदा भएको छ ।

Kedar Ghimire

विशेष